राजु गुरुङको उम्मेदवारी खारेज निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी


appharu

३० आश्विन २०७९, आईतवार १८:२२ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही २ को तर्फबाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतवार गुरुङको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो । गुरुङको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी भएको लोकान्तरलाई जानकारी दिए । अदालतले छलफलका लागि उपस्थित हुन दुवै पक्षलाई कात्तिक २ गते आउन भनेको छ।
निर्वाचन आयोगले गर्नुपर्ने निर्णय अधिकार नभएका निर्वाचन अधिकृतले गरेको भन्दै गुरुङ सर्वोच्च गएका थिए । यसअघि निर्वाचन अधिकृतको कार्यालय रुपन्देही २ ले असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरेको थियो । सत्ता गठबन्धनको समर्थनमा नेकपा एसका राजु गुरुङले प्रतिनिधि सभामा टिकट पाएका थिए । रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्