रुपन्देही–१ मा एमाले–राप्रपा–जसपा गठबन्धन कम्तीमा १० हजार बढी मतान्तरले जित्छ : नेताहरु

रुपन्देहीलाई विकासमा नमूना जिल्ला बनाउंछौं : पौडेल


appharu

३१ आश्विन २०७९, सोमबार ०७:२५ मा प्रकाशित

पालिकापत्र, देवदह । रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गरिने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दावी गर्नु भएको छ ।

उहाले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्यालाई दीगो रुपमा समाधान गर्ने गरी नेकपा एमालेको सरकारले काम शुरु गरेपनि सरकार परिवर्तन हुदा ओझेलमा परेको बताउनु भयो ।

रुपन्देही क्षेत्र नम्वर २, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका पौडेलले निर्वाचन पछि नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गरी विगतका दिनमा अगाडि सारिएका कामलाई पूर्णता दिने बताउनु भयो ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको प्रतिनिधि सभा, प्रदेश सभा संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

नेता पौडेलले रुपन्देहीको क्षेत्र नम्वर १, विकासको हिसावले अगाडि बढिरहेको बताउदै दक्षिण र उत्तर जोड्ने गरी रोहिणी करिडोरको अवधारणालाई अगाडि सारेको बताउनु भयो । उहाले नेकपा एमालेको सरकारले लुम्विनी बौद्धविश्व विद्यालय देवदहमा स्थापना गरेको बताउदै विश्वविद्यालयलाई आवश्यक पर्ने जग्गा सरकारले प्रदान गरेको बताउनु भयो ।

सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले आफनै पार्टीको सरकारलाई गिराई प्रतिपक्षलाई सुम्पनेहरुबाट विकासको आशा गर्न नहुने बताउनु भयो । उहाले घनश्याम भूषालले उम्मेदवारको लागि पार्टी छोडेर राजनीतिक बेईमानी गरेको आरोप लगाउनु भयो । नेता विश्वकर्माले सत्ता गठबन्धनले साझा उम्मेदवार अगाडि सार्न नसकेको बताउदै स्वतन्त्र उम्मेदवारलाई आत्मसाथ गरेर गल्ती गरेको बताउनु भयो । उहाले दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नभएको बताउदै राजनीतिक वेईमानीहरुलाई जनताले मंसीर ४ गते कार्वाही गर्ने बताउनु भयो । उहाले रुपन्देहीको क्षेत्र नम्वर १ लाई उत्तर र दक्षिण जोड्नको लागि दशगजाबाट विकासको काम शुरुवात गरेको बताउनु भयो । उहाले गठबन्धनले सृजना गरेको भ्रमलाई चिर्दै निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा प्रदेश १(२) का उम्मेदवार दधिराम न्यौपाने, प्रदेश १(१) का उम्मेदवार आशिषकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सहामहामन्त्री ताहिर अली, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं रोहिणी गाउपालिका प्रमुख विद्याप्रसाद यादव लगायतले रुपन्देही १ को संघ र प्रदेशका तीनै क्षेत्रमा एमाले–राप्रपा जसपा गठबन्धनले कम्तीमा १० हजार मतान्तरले चुनाव जित्ने दावी गरे ।

‘स्थानीय तह चनावमा पाएको मतका आधारमा हामी १५देखि २० हजार मतले अगाडि छौं, मंसिर ४ को चुनावमा कम्तीमा १० हजारदेखि २० हजारको अन्तरले जित्छौं ’– सबै नेताको भनाई छ । संयुक्त निर्वाचन परिचालन समितिका सहसंयोजक तथा राप्रपाका नेता तोयनाथ लम्सालको स्वागत र एमाले नेता युवराज न्यौपानेको संचचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्