निकोलस भुसालको मुद्दामा भएन अन्तरिम आदेश


appharu

३ कार्तिक २०७९, बिहीबार १७:२४ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिने गरी उम्मेदवारी दर्ता गराएका निकोलस भनिने कमल भुसालको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनको मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलाशमा परेको थियो । अदालतले कार्तिक १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य र दिनेश त्रिपाठीले र विपक्षमा अधिवक्ता सुरेन्द्र भण्डारीले वहस गरेका थिए ।
अन्तरिम आदेश नदिएसंगै भुसालको उम्मेदवारी खारेजी कायम रहेको र उनले कात्तिक १५ गतेसम्म प्रचार प्रसार गर्न नपाउने निर्वाचन कानुनले भनेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका विद्यार्थी भुसाल संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता गरेका थिए ।

उनले आफू स्वतन्त्र भनेपनि अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएका छन् । भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन्। उनले बिदामा बस्नका लागि निवेदन दिए पनि उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी नगराएको संस्थान स्रोतले बताएको छ । नेपाल सरकारले उपलब्ध गराएको छात्रवृति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्