यसकारण घिमिरे विपक्षीको लागि ‘घातक’ छन्


appharu

४ कार्तिक २०७९, शुक्रबार ०९:१२ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु । राजनीतिमा अहिलेको आवश्यकता भनेको त्याग र निस्वार्थता हो । यही गुणको अभावका कारण आजको राजनीति गर्ने पात्रहरु खराब बनिरहेका छन् । लोभी–पापी र भ्रष्ट चरित्र, कुरा गर्ने काम नगर्ने आचरण, पदलोलुप प्रवृत्ति, देशप्रेमको अभाव लगायतका अवगुणका कारण आजका नेतामा आम मतदाताको विश्वास टुट्दै गएको छ ।

मुख्यगरी गणतन्त्रपछि मुलुकको नेतृत्व गर्न पुगेका दलका शीर्ष नेतादेखि कार्यकर्तासम्ममा हराएको असल चरित्रका कारण यतिबेला लोकतान्त्रिक गणतन्त्रका जनता आजित छन् । अधिकांस नेतामा यस खालको प्रवृत्ति मौलाइरहेको बेलामा केही त्यस्ता नेता पनि छन् जसले नेपाली काँग्रेसका मुर्धन्य नेताद्धय स्वर्गिय गणेशमान सिहं र कृष्णप्रसाद भट्टराईको बाटो पछ्याएर निस्वार्थ राजनीति गरिहेका छन् । त्यस अन्तर्गत पर्दछन् कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ निवासी डोलकराम घिमिरे ।

वि सं २०३६ सालको जनमत संग्रहबाट प्रभावित भई २०४६ सालदेखि काँग्रेसबाट राजनीति आरम्भ गरेका घिमिरे सधैँ सरल र सन्त नेताको रुपमा यस क्षेत्रमा चिनिन्छन् भने उनमा अहिलेसमम कुनै पनि खराब दाग छैन । राजनीतिमा रहेर योगदान दिने तर कहिल्यै पद नमाग्ने असल राजनैतिक चरित्रका कारण नेता, कार्यकर्ताको विश्वास जित्दै आज उनी आसन्न मंसिर ४ गते हुने चुनावमा लुम्बिनी प्रदेश सभा सदस्य पदको लागि उम्मेदवार छन् ।

उनीसंगै अघि बढेका धेरै नेताले राजनैतिक लाभ लिए । सांसद, मन्त्री र बिभिन्न पद धारण गरे । बिभिन्न संवैधानिक नियुक्ति लिए तर पहँच भएर पनि घिमिरेले कहिल्यै त्यतातर्फ सोचेनन् । उनी निरन्तर पार्टीको जितको पक्षमा अहोरात्र खटिए । ४६ सालदेखि काँग्रेसको राजनीति गरेर उनले पाएको भनेको महासमिति सदस्य, र हरेक निर्वाचनमा महाधिवेशन प्रतिनिधि हो । योबाहेक काँग्रेसको कुनै कार्यकारी अधिकार उनले पाएका छैनन् । तर पनि उनी कहिल्यै जनताबाट टाढा भएनन् । विना पद र विना अधिकारविनै उनी जनताको सुखदुखमा जहिले पनि रमाइरहे ।

समाजमा आइपर्ने स–साना समस्यामा उनी जहाँ पनि पुगि हाल्छन् । मर्दा–पर्दा हाओस् या समाजमा कसैलाई केही समस्या पर्दा पुलिस प्रशासन, अड्डा अदालत धाउने उनको मुख्य विशेषता हो । यसै कारण उनी यस क्षेत्रका अधिकांस जनताको मनमनमा छन् । त्यति मात्र नभएर उनले हरेक सामाजिक काममा उत्तिकै रुची राख्छन् ।

काँग्रेसको राजनीतिमा आवद्ध भए पनि कहिल्यै जनताले दलको नेताको रुपमा हेरेनन्, वाणगंगाका हुमानाथ पौडेल भन्छन् ‘एमाले, माओवादी, मसाल र अन्य दलका नेता कार्यकर्ताले पनि घिमिरेलाई मन पराउँछन् । घिमिरे पनि यो दल त्यो दल भनेर कहिल्यै पनपक्षमा लाग्नु भएन । यो उहाँको विशेषता हो । उनले राजनीतिमा लागेर आजसम्म केही कमाएका छैनन् कमाएको भनेको जनता र भरोसा हो ।’

निरन्तर जनताको सेवामा मरिरहने तर लाभ नमाग्ने एक्ला उम्मेदवारको रुपमा धेरैले घिमिरलाई लिने गरेका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको आठौँ नेतृत्वमा घिमिरे पुग्दा स्वयम् काँग्रेसलाई पनि विश्वास थिएन कि घिमिरेले जित्छन् । व्यवसायको क्षेत्रमा सुपरिचित र वाणगंगामा ठुलै उद्यमीको रुपमा चिनिने टोपनारायण बेलबासेलाई अध्यक्षमा पराजित गरेपछि भने डोलकरामको चर्चा चुलिन थाल्यो । घिमिरेको आलोचना गर्ने र कुरा काट्नेहरुले पनि त्यसपछि प्रसंसा गर्न थाले । यो चुनावी नतिजाको विश्लेषण गर्दै जाँदा चुनाव जित्नुमा घिमिरेको ठुला र धेरै केही कारण थिएनन्, मात्र थिए सरलपन, जहिले पनि जनताको सुखदुखमा पुगि हाल्ने बानी र सामाजिक काममा काँध दिइहाल्ने ।

यिनै गुणको कारण आम जनता पनि घिमिरेले यसपटक चुनाव जित्नेमा विश्वस्त छन् । वाणगंगाका पूर्व मेयर मंगलप्रसाद थारु, पार्टी सचिव शक्ति सिंह ठकुरी, निवर्तमान वडाअध्यक्ष गणेश बहादुर क्षेत्री र स्वास्थ्य उद्यमी गोपाल घिमिरे पनि पनि मंसिर चारको चुनावमा टिकटको दौडमा अन्तिमसम्म थिए । तर टिकट भने सरल नेता घिमिरेले नै पाए । यसो हुनुको प्रमुख कारण घिमिरेको सरलता र जनतालाई गरेको सेवा नै हो काँग्रेस वाणगंगा नगर सचिव सूर्य बराल भन्छन् ‘घिमिरेले टिकट पाएपछि पार्टीभित्र अन्तरद्धन्द्ध पनि छैन । उहाँलाई जिताउन सबै एकजुट भएको अवस्था छ । गठन्धनका अरु नेता पनि खुसी छन् ।’

बाणगंगाका अग्रज काँग्रेस नेता विष्णु न्यौपानेको भनाईमा पनि घिमिरे आगामी चुनावमा जित हासिल गर्ने नेता हुन् । न्यौपाने भन्छन् ‘गठबन्धनको भोट त घिमिरेले पाउनुहुन्छ नै विपक्षी पार्टीका धेरै मत पनि उहाँको पक्षमा आउने देखिन्छ । त्यसकारण यसपटक उहाँले प्रदेश सभा सदस्य पदमा बाजी मार्नुहुन्छ ।’

घिमिरेको उम्मेदवारीले स्वयम एमालेभित्र पनि तनावको स्थिति छ । लोपप्रिय नेताको छवि बनाएका लुम्बिनी प्रदेश सभा सदस्य समेत भइसकेका विष्णु पन्थी पनि घिमिरेलाई कम आँक्दैनन् । उनले मित्रवत प्रतिस्पर्धा हुन्छ भनेर सार्वजनिक रुपमै भनिसकेका छन् । मित्रवत प्रतिस्पर्धा भए पनि सजिलै चुनावी नतिजा आफूले हासिल गर्नेमा घिमिरेका प्रतिद्वन्दी पन्थीले भन्दै आइरहेका छन् ।

कतिपय एमाले नेतामा पन्थीले जित्छन् भन्नेमा विश्वास पनि नरहेको सुनाउँछन् । कुराकानी गर्ने क्रममा एमालेकै एकजना नेताले भनेका थिए ‘बलराम जिले त जित्नु हुन्छ पन्थीको पो के–हो, के–हो को रु स्थिति छ ।’ यसले पनि एमालेलोई घिमिरे चुनौति रहेको देखाउँछ ।

यता घिमिरेले भने सजिलै विष्णु पन्थीलाई हराउने बताउँदै आएका छन् उनी भन्छन् ‘विष्णु जि मेरो असल मित्र हुनुहुन्छ । उहाँ एकपटक सांसद पनि भइसक्नु भयो । सामाजिक संजालको चर्चा अनुसार उहाँबाट काम भएको रहेनछ । चुनावी दौडमा रहाँदा मलाई त्यस्तो लाग्यो । हिजो मैले पनि पन्थीजिले निकै गर्नुभयो भन्ने गर्थेँ । तर जनताको दैलेदैलो पुगेको थिएन । तर अहिले निर्वाचन क्षेत्रमा पुगिरहँदा पन्थी जिले त्यति गर्नु भएको लागेन । त्यसकारण अहिले गठबन्धनबाट मैले चुनाव जित्छु ।’

पद नलिइकन पनि जनताको सेवामा आफू सधैँ रहेको भन्दै सांसद जितिसकेपछि चामत्कारिक ढंगले काम गर्ने घिमिरेले बताए । आफू सांसद मात्र बन्नको लागि नभएर मन्त्री बन्ने ग्यारेन्टीको साथ आफू चुनावी मैदानमा होमिएको उनले बताए ।

‘अहिले आफूले विकासको नाममा जनता झुक्याउने ठुला ठुला नारा र भाषण नलिएर इमान्दार चरित्र लिएर जनताको माझमा छु । जनतालाई चाहिएको नेताको सरलपन हो । भ्रष्टाचारमा फँसेका कारण आज नेतामा कुनै भरोसा छैन । म सांसद भएँ भने पहिलो मुद्धा ४६ सालपछिका नेताको सम्पत्ति छाविन हुनुपर्दछ भन्ने हुन्छ’, घिमिरे भन्छन्

उनले प्रश्न गरे ‘हिजो खुट्टामा चप्पन नहुनेहरु कसरी यति धेरै धनी बने रु उनीहरुका गगनचुब्बी महल कसरी भए रु ठाउँठाउँमा घर घडेरी कसरी बने रु त्यसैले संसदको पहिलो भाषणमै मैले ४६ सालपछिका नेताको सम्पत्ति शुद्धिकरण हुनुपर्दछ भन्ने मुद्धा उठाउँछु । कारबाहीमा परे परौँला आफ्नै पार्टीका नेताले भने पनि पछि हट्दिनँ ।’

घिमिरेले यसरी यस्ता कुरा राख्न सक्नुमा उनमा रहेको सदाचारी प्रवृत्ति नै हो । वाणगंगाका गोविन्द पौडेल भन्छन् ‘घिमिरे आफै सरल र सादगी नेता हो । उहाँमा अझैसम्म एउटा पनि खराब दाग छैन । लिनभन्दा पनि जनतालाई दिनमै उहाँ खुसी हुनुहुन्छ । अहिलेका नेता लिने मात्र भए दिने भएनन् । यो गर्छु र उ गर्छु भन्ने नेतालाई होइन सफल नियत भएका भ्रष्टाचार नगर्ने नेताले जित्नुपर्दछ । यस हिसाबले डोलखभन्दा अब्बल अरु कोही छैनन् । उहाँले जित्नु पनि पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्