उत्पीडित समुदायको उत्थान गर्न एमाले नेतृत्वको सरकार आवश्यक : दधिराम न्यौपाने


appharu

५ कार्तिक २०७९, शनिबार १८:४७ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा ।
रुपन्देही क्षेत्र नं १ ख मा एमालेका प्रदेश सभा सदस्य उम्मेदबार दधिराम न्यौपानेले उत्पीडित समुदायको उत्थानका निम्ति अझै काम गर्नका लागि पनि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ । एमाले ,राप्रपा र जसपाका जनवर्गीय सङ्गठन मुक्ति समाज नेपाल, दलित उत्पीडित उत्थान सङ्गठन र समाजवादी दलित मुक्ति सङ्गठनको आज निर्वाचन प्रचार प्रसार कार्यालय कोटिहवामा सम्पन्न भेलालाई सम्वोधन गर्दै आफ्नो दशक उत्पीडित समुदायकै समाजमा बितेको बताउँदै पछाडि परेको र पारिएको समुदायलाई दलित भन्ने शब्द हटाउनुपर्ने उल्लेख गर्दै सबैजाति र समुदायभित्र रहेका उत्पीडित समुदायको प्रतिनिधित्व गर्दै एमाले सचिव छविलाल विश्वकर्माले नेतृत्व प्रदान गर्नुभएको बताउनुभयो । मुक्ति समाज नेपालका जिल्ला अध्यक्ष दीपेन्द्र राज विश्वकर्माको अध्यक्षता, तथा एमाले जिल्ला कमिटि सदस्य एवं तथा एमालेका पोलितव्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथमा सम्पन्न भेलाले रुपन्देही क्षेत्र नं। १का निर्वाचन परिचालन कमिटि सचिव सुरेन्द्र श्रीको सञ्चालनमा सम्पन्न भेलााले जङ्गबहादुर बुढाप्रितीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको छ । जसको सह संयोजकमा दलित उत्थान सङ्गठन र समाजवादी दलित मुक्ति सङ्गठका प्रतिनिधि रहनुभएको छ । भेलामा एमाले प्रदेश कमिटिका सदस्य तेज प्रसाद विक ,समानुपातिक उम्मेदबार सावित्रा विक, निर्वाचन परिचालन कमिटिका संयोजक तथा एमाले जिल्ला कमिटि सदस्य हिमाल पाण्डे, कमल वस्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्