सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त भेला गर्दै


appharu

७ कार्तिक २०७९, सोमबार ०९:५३ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । सत्ता गठबन्धनको प्रदेशस्तरीय संयुक्त चुनावी भेला आज काठमाडौंमा हुँदैछ।

बिहान ११ बजे देखि काठमाडौंमा हुने भेलालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु,एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा लगायत गठबन्धनका शीर्ष तहका नेता कार्यक्रममा सहभागी हुनेछन्।

शुक्रबारदेखि प्रदेशस्तरीय भेला सुरु गरेको गठबन्धनले अन्य ६ वटा प्रदेशमा भेला सम्पन्न गरिसकेको छ। सबै ठाउँका भेलामा शीर्ष नेता पुगेका थिए। संयुक्त चुनावी अभियानपछि तिहार लगत्तै गठबन्धन आबद्ध दल आ–आफ्नो पार्टीको चुनावी अभियानमा सरिक हुनेछन्।
गठबन्धनले आइतबार मात्र सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो भने ४ गते पोखरा र बुटवलमा तथा ५ कात्तिकमा विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्