रुपन्देही–२ मा जनमोर्चाले गरेन सत्ता गठबन्धनलाई समर्थन


appharu

११ कार्तिक २०७९, शुक्रबार १५:२० मा प्रकाशित

पालिकापत्र, बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देही २ मा सत्तारुढ गठबन्धनलाई समर्थन नगर्ने भएको छ । सत्त गठबन्धनले रष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गरेपछि राष्टिज्ञय जनमोर्चाले त्यसमा असहमति जनाउंदै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर वासीलाई समर्थन गर्ने भएको छ ।

राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकपछि जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि हस्ताक्षर गरेका थिए ।

तर केसीले शुक्रबार विज्ञप्ति जारी गरी त्यस दिन भूलवश हस्ताक्षर हुन पुगेको भन्दै उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको स्पष्ट पारेका छन् । यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्