बुटवल–१२ का नेकपा एस र माओवादीका नेताहरु एमालेमा प्रवेश

‘एमाले वाहेक अरुको भविष्य देखेनौं’


appharu

१२ कार्तिक २०७९, शनिबार १०:४३ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १२ का नेकपा एस र माओवादीका नेताहरु एमाले प्रवेश गरेका छन् । एकीकृत समाजवादीका वडा अध्यक्ष घनलाल बस्याल,माओवादी केन्द्रका वडा कोषाध्यक्ष रुद्रप्रसाद शर्मा,माओवादीकै शिक्षक संगठनका पुर्व अध्यक्ष शालिकराम शर्मा, माओवादीकै कर्णबहादुर थापा लगायत वडाका १० जना अगुवा नेताहरु एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधि सभा उम्मेदवार विष्णु पौडेल,प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठ लगायतले पार्टीका स्वागत गरेका थिए । नवप्रवेशी नेताहरुले देशको विकास, राष्ट्रियताको रक्षा र जनताको समृद्धि एमाले वाहेक अरुले गर्न नसक्ने र अरु दलको भविष्य नभएको निश्कर्ष सहित पार्टी प्रवेश गरेको बताए । एमाले नगर अध्यक्ष किसन ज्ञवालीले विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेशको क्रम निरन्तर जारी रहेको बताए । एमालेबाट नेकपा एसमा गएर जिल्ला कमिटी सदस्य रहेका कर्मचारी संगठनका नेता यज्ञमुर्ति भण्डारी,हिकबहादुर दर्लामी पनि हालै एमाले प्रवेश गरेका उनले बताए । यसअघि नै नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई पनि एमालेमै फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्