मंगलापुर–कान्छिबजार सडक निर्माण एमालेको पहलमा : छविलाल


appharu

१२ कार्तिक २०७९, शनिबार १८:५५ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देही क्षेत्र १ का प्रतिनिधि सभा उम्मेदवार एवं ने क पा एमालेका केन्द्रिय सचिव छबिलाल बिश्वकर्माले मंगलापुर – कान्छीबजारको सडक स्तरोन्नतिको लागि वजेटको पहल नेकपा एमालेका जनप्रतिनिधिले गरेको बताउनुभएको छ । उहाले अब बजेट सुनिश्चित भइसकेकाले निर्माणको काम अघि बढ्ने बताउनुभयो ।
एमाले– राप्रपा–जसपाको संयुक्त प्रचार प्रसार कार्यालय तिलोत्तमा वडा न ७ को सेमरा बजारमा उद्घाटन गर्दै उहाँले मंगलापुर कान्छीबजार सडकका कारण सो क्षेत्रका बासिन्दाले वर्षौंदेखी दुःख झल्नु परेको भन्दै आफुहरुकै पहलमा यो बाटो बन्ने सुनिश्चीत भएको बताउनु भयो ।
एमाले उम्मेद्धार बिश्वकर्माले काग्रेसीहरुले स्थानिय चुनावपछि आफुहरुले बाटो बनाउन पहल गरेको हल्ला चलाएपनी स्थानिय चुनाव हुनु भन्दा ४ महिना अघि नै बाटो बनाउने सुनिश्चीत भैसकेको स्पष्ट पार्नु भयो । काग्रेस सहितको अहिलेको गठवन्धन आफुले काम गर्न नसक्ने तर एमालेको सरकारले गरेका कामलाई आफुले गरेको भन्दै गलत प्रचार गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र १ ख का उम्मेद्धार दधिराम न्यौपानेले बिगतमा एमाले सरकारका पालामा गाउँ गाउँमा बिकाश पुगेको भन्दै बर्तमान सरकारले जनतालाई महंंगी र भ्रष्टाचार वाहेक अरु दिन नसकेको बताउनु भयो ।
उहाँले एमाले सरकारले अघि सारेका धेरै बिकाशका काम र योजनाहरु बर्तमान सरकार आएपछी कटौती गरेको बताउनु भयो ।
जनता समाजबादी पार्टीका क्षेत्रिय संयोजक ब्यासमुनि चौधरीले कांग्रेसले आफ्नो काखको छोरो मारेर छोराका लागि बर्त बस्ने गरेको आरोप लगाउनु भयो । आफु कांग्रेसमा ३६ बर्ष रहि पार्टिका लागी काम गरेको अबस्थामा जनताको काम गरेको भन्दै आफुलाई कारबाही गरेको उहाँले स्पस्ट पार्नु भयो । उहाले काग्रेसमा इमान्दार र सोझा नेता कार्यकर्ता नअटाउने बताउनु भयो ।
कार्यक्रम राप्रपाका नेता सुरेश पन्थीको स्वागत तथा एमाले नेता केशव गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्