राष्ट्रिय स्वतन्त्र पार्टी भ्रम मात्र रहेछ भन्दै लुम्बिनी संयोजक एमाले प्रवेश


appharu

१३ कार्तिक २०७९, आईतवार १९:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवाली एमाले प्रवेश गरेका छन् । यसअघि एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनी पुरानै घर एमालेमा फर्किएको उनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै ज्ञवालीले केही समय अगाडि आएको स्वतन्त्र पार्टीको हावाले आफूलाई पनि छोएको तर साढे दुई महिना सो पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व तहमा बसेपछि प्राप्त भएको अनुभवले एमाले नै सच्चा पार्टी ठानेर पुरानै घर फर्किएको बताएका छन् ।

“करिब अढाई महिना राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक नेतृत्वमा रहेर हेरें, बुझें र अनुभव गरें । त्यति मात्र नभइ केन्द्रका गतिविधि नजिकबाट नियालें । तर यथार्थ त्यो रहेनछ, केबल भ्रम मात्र रहेछ”–उनले विज्ञप्तीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्