एमालेको घोषणापत्र आज आउंदै


appharu

१५ कार्तिक २०७९, मंगलवार १०:४८ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेले जानकारी दिए । घोषणापत्र आएपछि त्यहीँ लाइभ डिबेटको कार्यक्रम पनि हुनेछ ।

उपाध्यक्ष पौडेलका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्