बुटवलमा नेकपा एसका नेताहरु एमालेमै फर्किए


appharu

१६ कार्तिक २०७९, बुधबार १८:१७ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको वडा नंं २ का नेकपा एकीकृत समाजवादी निकट नेताहरु नेकपा एमालेमै फर्किएका छन् । एकीकृत यातायात मजदुर संगठनका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष जुद्धबहादुर केसी, एकीकृत समाजवादी निकट महिला संगठन जिल्ला कमिटी सदस्य लक्ष्मी के सी, युवा संघ जिल्ला कमिटी सदस्य भवानी के सी, वडा नं. २ शाखा कमिटी अध्यक्ष जगत के सी, सचिव कविन्द्र के सी, सुस्मिता परियार लगायतका नेताहरु एमालेमै फर्किएका हुन् । उनीहरुलाई नेकपा एमालेका नेता प्रदेश सभा सदस्य उम्मेदवार पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ, एमाले रुपन्देही २ संयोजक बाबुराम पन्थी लगायतले पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा बोल्दै नेता जुद्धबहादुर केसीले भ्रममा परेर एमाले छाडेको तर एकीकृत समाजवादी कांग्रेस र माओवादीको पुच्छर मात्रै हुने र पार्टीको भविष्य अन्धकार देखेर जनताको प्रिय पार्टी एमालेमै फर्किएको बताए । उनले एकीकृत समाजवादीमा रहेका धेरै नेता कार्यकर्ता देशभरिबाट चुनाव अघि नै एमालेमा आउने दावी समेत गरे । प्रदेश सभा सदस्य उम्मेदवार श्रेष्ठले मुलुकलाई सही मार्गमा हिंडाउन,विकास र समृद्धि हासिल गर्न एमालेले मात्रै सक्ने देखेर विभिन्न पार्टीबाट एमालेमा आउने क्रम निरन्तर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्