![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2022/11/312946399_199419359166965_386073808794683530_n.jpg?fit=1447%2C982&ssl=1)
पालिकापत्र, तिलोत्तमा । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवार लिलामणी न्यौपाने एमडीले प्रतिनिधि सभाको प्रतयक्षतर्फ मात्रै मतदान गरेका छन् । शिवपुर माविमा मतदान गरेका न्यौपानेले प्रदेश सभा र समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरु तलब भत्ता खानका लागि मात्रै भएका र उनीहरुबाट देशलाई ठूलो आर्थिक भार पर्ने भएकाले प्रदेशको प्रत्यक्षमा र प्रदेश समानुपातिकमा मतदान नगरेको बताए । देशले थेग्न नसक्ने समानुपातिक प्रणालीको विचार बाट बिरोध गर्नुपर्ने भएकाले आफूले त्यहां मतदान नगरेको उनको भनाई छ ।