रुपन्देही १ र ५ मा एमालेको अग्रता


appharu

६ मंसिर २०७९, मंगलवार ०७:५४ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देही क्षेत्र नं १ र ५ मा एमाले अग्रता कायम भएको छ । रुपन्देहीको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका छविलाल विश्वकर्माले ११६४ मत सहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा सत्ता गठबन्धनका उम्मेदवार घनश्याम भुसाल ९८२ मत, तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी ९०१ मत र चौथो स्थानमा जनमत पार्टीका कैलाश गुरुङ ८७८ मत रहेको छ । यस्तै प्रदेश सभा सदस्य १९२० मा पनि एमालेकै उम्मेदवार दधिराम न्यौपाने ९७७ मत सहित अगाडि छन् । कांग्रेसका अब्दुल रजाक ८२२, नागरिक उन्मुक्ति पार्टीका राकेश कोइरी ४८५, जनमत पार्टीका अमेरीका यादव ४७२ र लोसपाका महेन्द्र गुप्‍ताले ३८४ मत पाएका छन् ।
यस्तै क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले अग्रता लिएका छन् ।

१३ हजार मतको गणना हुँदा घिमिरेले पाँच हजार ७० र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले चार हजार ७५२ मत पाएका छन् ।
यो क्षेत्रमा शाहले लगातार तीन पटक जितेका छन् ।

प्रदेश सभा ९१० मा एमालेकै भूमिश्वर ढकालको अग्रता छ । ढकालले तीन ६५९ मत पाएका छन् भने माओवादी केन्द्रका विनोद पहाडीले तीन हजार ३६० मत पाएका छन् ।

यस्तै हाम्रो नेपाली पार्टीका कमल ढकालले दुई हजार ६६० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश सभा ९२० मा भने जनमत पार्टीका सीके गुप्ताले अग्रता लिएका छन् । गुप्ताले ४९८३ मत पाउँदा नेपाली कांग्रेसका फखरुद्दिन खाँनले तीन हजार ८७१ मत पाएका छन्।एमाले उम्मेदवार रामचन्द्र यादवले एक हजार ५९९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्