कांग्रेसबाट मेयर बनेका थारु नै घिमिरेलाई हराउन लागेपछि…


appharu

७ मंसिर २०७९, बुधबार २२:३१ मा प्रकाशित

पालिका पत्र, कपिलवस्तु ।
नेपाली कांग्रेसबाट बाणगंगा नगरपालिकाका मेयर बनेका मंगल प्रसाद थारु नै कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन नेतृत्वदायी भूमिका खेलेको पाइएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावमा मंगल थारुले कपिलवस्तु १ को प्रदेश सभा ‘१’ का उम्मेदवार डोलकराम घिमिरेलाई हराउन लागेको पुष्टि भएको छ ।

प्रदेश सभा सदस्यमा उम्मेदवारका दावेदार समेत रहेका मंगल थारुले ढकियालाई जिताउँन थारु समुदायमा आन्तिरिक सर्कलर समेत गरेको स्रोतको दाबी छ ।

उनले बुधबार बिहान मात्रै आफ्नो योजना पुरा भएको जहदीका एक थारु नेतालाई भनेको पुष्टि भएको हो । नाम मिडियामा नबताउने सर्तमा मगंलले घिमिरेलाई हराउने आफ्नो योजना पुरा भएको भन्दै भन्दै खुशी व्यक्त गरेको उनले बताए ।

निर्वाचनको प्रचारका क्रममा मंगल थारुले प्रचार गर्न दिएको गाडीमा आफू नचड्ने भनेपछि माओवादी बलदेवले अर्को गाडी र दैनिक २० हजार खर्च समेत मगंल थारुलाई माओवादीले दिएको माओवादीका एक नेताले पालिका पत्रलाई बताए ।

आफूले टिकट नपाए पछि उनले नागरिक उन्मुक्ति पार्टी चुनाव चिह्न (ढकिया) लाई उठाएका हुन् । उनले बिशेष गरेर बाणगंगा नगरपालिकाको वडा नः २, ५, १० र ११ का वडामा रहेका थारु नेताहरुलाई गुपचुप भेटर थारुलाई हेपेको भन्दै घिमिरेलाई हराउन भूमिका खेलेका हुन । उनी बस्ने वडा नः ११ मा समेत कांग्रेस तेस्रो भएको छ । उनी मतदानका दिन भोट होलेर सिधै घर गएका थिए ।

मंगल थारुलाई त्यती गरेर चुनाव जिताएर मेयर बनाइयो अहिले पार्टीलाई धोका दिए, यस्तालाई नेता मान्न सकिन्न पार्टीले कारबाही गर्नुपर्छ भन्दै कांग्रेस भित्र ठुलो आवाज उठेको छ ।

‘जसबाट पनि घिमिरेलाई हराउन उनी सक्रिय भएको पुष्टि हुन्छ । उनी दिनभर पार्टीमा आउने रातको समयमा ढकियालाई भोट मागे,’ एक थारु नेताले भने ।

बाणगंगा नगरपालिकाको नगर प्रमुख हुँदा राम्रो काम नगरेको, जनताको गुनासो नसुनेको, भन्दै उनलाई पार्टीले टिकट नदिएको पार्टीका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्