कांग्रेसभित्रको अन्तरघातले नवलपरासी २ मा देवेन्द्रराज कंडेल पराजित


appharu

९ मंसिर २०७९, शुक्रबार ०९:२८ मा प्रकाशित

पालिकापत्र, रामग्राम । नेपाली कांग्रेसभित्रको गुटबन्दी र अन्तरघातका कारण नवलपरासी २ मा बाट प्रतिनिधिसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार देबेन्द्रराज कंडेल पराजित भएका छन् । स्थानीय तहको चुनावको मतका आधारमा प्रतिस्पर्धी दल भन्दा धेरै अगाडि रहेका कंडेल पार्टीभित्रकै चरम गुटबन्दी अन्तरघातका कारण कमजोर जनाधार र मत रहेको राप्रपाका उम्मेदवारसंग पराजित हुन पुगे । यहां राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए । यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् । यो क्षेत्रमा कंडेलले लगातार जित्दै आएका थिए । कांग्रेसभित्रको अन्तरघातका कारण कंडेलले हारेको उनी निकटले बताएका छन् । कंडेल पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।

प्रतिक्रिया दिनुहोस्