मणिग्राममा मंसिर १५ देखि औद्योगिक ब्यापार मेला हुंदै


appharu

१० मंसिर २०७९, शनिबार १२:४२ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको मणिग्राममा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रि«य औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श, तिलोत्तमा उद्योग बाणिज्य संघको सहआयोजनामा मेला हुन लागेको हो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पु¥याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३ सय स्टलहरु रहने मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी करिव ७५ प्रतिशत पूरा भएको संयोजक जीएमले बताए ।
महिला कुस्ती, मम्मी डान्स, तिलोत्तमा डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरु राखिने मेलामा करिब ५ लाख दर्शक÷उपभोक्ता भित्राएर २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् । मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति, विद्यालय स्तरका नृत्य प्रतियोगिता, आकर्षक सेल्फी जोन र प्यागोडा शैलीको प्रवेशद्वार आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले मुलुकको आर्थिक अवस्था खस्कंदै गएको र मुलुक परनिर्भर बन्दै गएको अवस्थामा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि टेवा पु¥याउन मेला आयोजना गरिएको बताए ।
कोभिड १९ पछि शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन मेला सहयोगी हुने मेलाका सहआयोजक तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालले बताए । मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागी गराइने आयोजक संस्थाका महासचिव हेमलाल पाण्डेले बताए । पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका युवराज पराजुलीले मेलामा दर्शक र उपभोक्तालाई सहुलयित दरमा गुणस्तरीय वस्तु उपलब्ध गराउन ध्यान दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्