रुपन्देही–३ को एमाले, राप्रपा, जसपा तालमेलद्वारा मतदातामा कृतज्ञता


appharu

१४ मंसिर २०७९, बुधबार १९:२३ मा प्रकाशित

पालिकापत्र, सिद्धार्थनगर । रुपन्देही क्षेत्र नम्बर ३ को नेकपा एमाले, राप्रपा र जसपा तालमेलद्वारा मतदातासहित सरोकारवाला सबैमा कृतज्ञता र आभार प्रकट गरेको छ ।

संयुक्त निर्वाचन परिचालन समिति संयोजक एवं राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो अमूल्य मत प्रदान गरी तीनदलीय तालमेलका उम्मेदवार प्रतिनिधि सभा सदस्यमा राप्रपाका दीपक बोहरा र रुपन्देही ३ (२) को प्रदेश सभा सदस्यमा नेकपा एमालेका तुलसी प्रसाद चौधरीलाई विजयी गराउनुहुने मतदातामा आभार र कृतज्ञता र आभार प्रकट गरेकी छन् ।

निर्वाचन परिचालनका सन्दर्भमा तालमेलका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खट्ने एमाले, राप्रपा, जसपा तीनवटै दलका नेता कार्यकर्ता, जनवर्गीय संगठनका नेता कार्यकर्ता, उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रका अगुवा, बुद्धिजीवी लगायत विभिन्न पेशा र व्यवसाय क्षेत्रमा संलग्न महानुभावहरु, निर्वाचन सफल बनाउन खटिनुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत लगायत राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, आम मतदाता, पत्रकार, पर्यवेक्षक तथा मानवअधिकारक्र्मी लगायत सम्पूर्ण शुभेच्छुकहरुमा संयोजक थापाले धन्यवाद व्यक्त गरेकी छन् ।

तीनदलीय तालमेलका उम्मेदवारहरु र दलहरुप्रति आम मतदाताहरुले देखाएको अटुट विश्वास र समर्थनप्रति उच्च सम्मान प्रकट गर्दै यस क्षेत्रको विकासका लागि सार्वजनिक गरेका १३० बुंदे प्रतिवद्धता पूरा गर्नु कर्तव्य भएको र त्यसप्रति हामी सजग रहेको विज्ञप्तिमा उल्लेख छ । ‘पदमा रहँदा वा नरहँदा यस क्षेत्रका विकासप्रेमी नेता दीपक बोहराले विकास र समृद्धिका लागि गर्नुभएको योगदानको उच्च मुल्यांकन गरेर नै मतदाताले उहाँलाई पुनः विजयी बनाउनु भएको हामीले बुझेका छौं । यहाँहरुले दिएको जिम्मेवारी गहनतापूर्वक पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनौ ।

निर्वाचनको क्रममा पक्ष–विपक्ष जता उभिएता पनि त्यसलाई लोकतान्त्रिक अभ्यासको रुपमा लिदै हाम्रो प्रतिष्पर्धी दलका उम्मेदवारहरु, अन्य राजनैतिक दलका नेता कार्यकर्ता सबैप्रति आगामी दिनमा समता भाव राख्दै सबैको सल्लाह–सुझावलाई अंगिकार गर्ने र समृद्ध तथा कसित जिल्ला बनाउन अहोरात्र खटिने प्रतिवद्धता समेत व्यक्त गर्दछु’–विज्ञप्तिमा भनिएको छ–‘तीनदलीय तालमेलका तर्फबाट क्षेत्र नम्बर ३ (१) मा जनता समाजवादी पार्टी, नेपाल जसपाका उम्मेदवार महेन्द्र यादवलाई विजयी बनाउन अथक प्रयास गर्दागर्दै पनि सफल हुन सकेनौं । यद्यपि यहाँहरुले अमूल्य मत दिएर देखाउनु भएको सद्भावप्रति आभारी छु । ’

प्रतिक्रिया दिनुहोस्