एमाले–राप्रपा–जसपा संयुक्त निर्वाचन परिचालन समितिद्वारा आभार र कृतज्ञता व्यक्त


appharu

१६ मंसिर २०७९, शुक्रबार १९:०८ मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । रुपन्देही क्षेत्र नम्बर ३ को नेकपा एमाले, राप्रपा र जसपा तालमेलद्वारा गठित संयुक्त निर्वाचन परिचालन समितिले मतदातासहित सरोकारवाला सबैमा कृतज्ञता र आभार प्रकट गरेको छ ।

संयुक्त निर्वाचन परिचालन समिति संयोजक स्वाती थापा (राप्रपा) तथा सहसंयोजकद्वय नरबहादुर घर्ती (एमाले) र नवलकिशोर सिंह (जसपा) ले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदाता तथा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सरोकारवाला सबैमा कृतज्ञता र आभार प्रकट गरेका हुन् ।
‘रुपन्देहीको विकासमा महत्वपूर्ण योगदान पुराउनुभएका दीपक बोहरा र तुल्सीप्रसाद चौधरीलाई विश्वास गरी आफ्नो अमूल्य मत प्रदान गरी निर्वाचित गरेर अवसर दिएकोमा यो विश्वासको उच्च सम्मान व्यक्त गर्दछौं’– विज्ञप्तिमा भनिएको छ–‘अथक प्रयासका वावजुद प्रदेश सभा (१) मा महेन्द्र यादवलाई जिताउन नसकेपनि बोहरा र चौधरीलाई जिताउनु रुपन्देहीको विकासले गति लिनु हो ।’

निर्वाचन सम्पन्न गर्न खटिनुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत लगायत राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, पर्यवेक्षक तथा सञ्चारकर्मी सबैमा संयुक्त निर्वाचन परिचालन समितिले धन्यवाद ज्ञापन गर्दै विजयी उम्मेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । (सशुल्क विज्ञापन सामग्री )

प्रतिक्रिया दिनुहोस्