अपाङ्गता भएकालाई राज्यले उचित स्थान दिनुपर्छ : सांसद चौधरी


appharu

१७ मंसिर २०७९, शनिबार १९:२८ मा प्रकाशित

पालिकापत्र, बर्दघाट । नवलपरासी १ का संघीय बिनोद चौधरीले फरक क्षमता भएका अपाङ्ग नागरिकलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका छन् । चौधरीले शनिबार चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका भित्र रहेका फरक क्षमता भएका व्यक्तीहरुलाई उपलब्ध गराएको सहायता सामाग्री हस्तान्तरण गर्दै यस्तो बताएका हुन् । देशको चौतर्फी बिकासमा फरक क्षमता भएका नागरिकहरुको उत्तिकै महत्व रहेको उल्लेख गर्दै सांसद चौधरीले फरक क्षमता भएका समुदायलाई उचित सहयोग र सहकार्य गर्न राज्य थप लाग्नुपर्ने बताए ।
सो क्रममा चौधरी फाउण्डेसका सचिव सारिका चौधरीले फाउण्डेसन हरेक नेपालीको खुस दुखमा साथमा रहदै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताइन् ।
३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०७९ को अवसर पारेर चौधरी फाउण्डेसनले बर्दघाट नगरपालिका र सुस्ता गाउंपालिकामा विभिन्न सहायता सामाग्री हृवीलचेयर , एयरफोन , वाकर , सेतो छडी , बैशाखी लगायतका सामाग्री उपलब्ध गराएको छ । यसैबीच सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी बिकासका लागि पालिकाहरुमा पुगेर छलफल अघि बढाएका छन् । चौधरीले पहिलो चरणमा बर्दघाट नगरपालिका , प्रतापपुर गाउंपालिका र सुस्ता गाउंपालिकामा जनप्रतिनिधीहरुसंग छलफल अघि बढाएका छन् । चौधरीले छिट्टै सरावल गाउंपालिकाका जनप्रतिनिधी संग समेत छलफल गर्ने कार्यक्रम छ ।
चौधरीले छलफलको क्रममा यस क्षेत्रको चातर्फी विकासका लागि पालिकाहरु संग समन्वय गरी यस क्षेत्र भौतिक पुर्वाधार सहित शिक्षा, स्वास्थ्य , खानेपानी , स्वरोजगार लक्षीय योजनाहरु प्राथमिकताका साथ अघि बढाईने चौधरीले प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो निर्वाचन क्षेत्रमा हालसम्म निर्माणाधिन अवस्थामा रहेको विभिन्न सडक , पुल , सहित विभिन्न योजनाहरुलाई तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफु यस क्षेत्र केन्द्रित हुने चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्