यी हुन् ७ दलका ११० समानुपातिक संघीय सांसद

३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका मध्ये एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५–५ सिट पाएका छन् ।


appharu

२४ मंसिर २०७९, शनिबार २१:२७ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बनेका ७ वटा दलले आआफ्नो दलबाट निर्वाचित हुने सांसदको नाम निर्वाचन आयोगमा पठाएका छन् । आयोगले दलहरुलाई शनिबार दिउसो ४ बजेसम्म समानुपातिक सांसदको अन्तिम सूचि पठाउन भनेको थियो । ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका मध्ये एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५–५ सिट पाएका छन् ।आयोगले भने २६ गते आधिकारिक घोषणा गर्नेछ ।

नेकपा एमाले

११० जना समानुपातिक सांसद मध्ये सबैभन्दा धेरै नेकपा एमालेबाट ३४ जना निर्वाचित हुन पाउने छन् ।
एमालेले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको हो ।

पार्टी कार्यालय च्यासलमा बसेको बैठकले समानुपातिक सांसदहरुको नाम सर्वसम्मतरुपमा टुंगो लगाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

आदिवासी जनजाति : देवीप्रसाद भट्टचन्,हेमराज राई ,कालुराम राई , नैनकला थापा मगर ,सूर्यकुमारी श्रेष्ठ ,उर्मिला थेवे ,इश्वरी घर्ती ,रणकुमारी बलम्पाकीमगर , शान्ति श्रेष्ठ ,सरस्वती सुब्बा ।

खस आर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल , दयालबहादुर शाही . मेनुकाकुमारी पोखरेल, सरिता भुसाल ,सोभा ज्ञवाली,विजुला रायमाझी ,निर्मला कोइराला ,सम्झना थपलिया , दिपा शर्मा , सुनिता बराल ।

थारु तर्फ आश्मा कुमारी चौधरी ,शान्ति चौधरी ।

दलिततर्फ इश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान,चन्द्रबहादुर विश्वकर्मा,रुकमणी राणा बराइली,हर्कमाया विश्वकर्मा ।

मधेसीतर्फ गंगा प्रसाद यादव, अमृतराज लालवंशी, विना देवि ,अमृतादेवि अग्रहरी ,प्रतिक्षा तिवारी मुखिया ।

मुस्लिमतर्फ सराज अहमद फारखी ।

कांग्रेस :

प्रतिनिधिसभातर्फ दोस्रो ठूलोे पार्टी बन्दै कांग्रेसले ३२ जना समानुपातिक सांसद पाएको छ । जस अनुसार २९ महिला र ३ जना पुरुषको नाम पठाउने निर्णय गरेको छ ।

आदिवासी जनजातितर्फः सरस्वती बजिमय, लिलादेवी बोखिम, सिता कुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर मनोरमा सेरचन ।

खस आर्यतर्फ अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की ।

मधेशी तर्फ नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, संगिता मण्डल, निनुकुमारी कर्ण ।

दलित तर्फ शान्ति विक , रुपा विक , सीता मिजार , आशा विक ।

थारु तर्फ कल्पना चौधरी, विना कुमारी थनेत ।

मुस्लिम तर्फबाट जावेदा खातुन् जागा,

पुरुषतर्फ जीवन परियार दलिततर्फ, विमलेन्द्र निधि मधेशतर्फ , प्रकाशशरण महत खस आर्यतर्फ रहेका छन् ।

माओवादी केन्द्र :

नेकपा माओवादी केन्द्रबाट १४ सांसद हुन पाउने छन् । जसमा दुई जना मात्र पुरुष र १२ जना महिला रहेका छन् ।

आदिवासी जनजाति महिला दुर्गा राई , मिना तामाङ , उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ ।

खस आर्य हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा ।

थारु : रुपासोसी चौधरी

दलित : रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी ।

मधेशी : मीना यादव, अमरावती देवी यादव ।

पिछडिएको क्षेत्र : कल्पना मिया ।

राष्ट्रिय स्वतन्त्र पार्टी :

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।

प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने ७ जनाको नाम टुंगो लगाएको छ ।

जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपा स्रोतले जनाएको छ ।

जसपा :

जसपाबाट खस आर्यमा प्रकाश अधिकारी तथा आदिवासी जनजातिमा सुशिला श्रेष्ठ, दलितमा सावित्रा विक, मधेशीमा रञ्जुकुमारी झा र मुस्लिममा शहनाज रममान निर्वाचित हुने छन् ।

जनमत पार्टी :

थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खस आर्य बाट धनबहादुर बोहोरा,आदिवासी जनजातिबाट दयाराम प्रजापती, दलितबाट राजेशकुमार मण्डल, मधेशीबाट अनितादेवी शाह र मुस्लिमबाट जलेखा विवि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्