पालिकापत्र, घोराही । दाङमा हनि ट्रयापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फांटका प्रहरी निरीक्षक सन्जिब बेलबासेका अनुसार हनि ट्रयापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई नियन्त्रणमा लिइएको हो । उनका अनुसार पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत, गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन ।
प्रहरी निरीक्षक बेलबासेले तुलसीपुरका एक जना ब्यबसायिलाई व्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक बेलबासेले घटनाको मतियारको रुपमा पक्राउ परेकि अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । अनुष्कासंग दुइ वटा नागरिकता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि तथा प्रबक्ता राजन गौतमले उनिहरु विरुद्ध मुद्धा दर्ता भई घटनाको बिस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।
गौतमका अनुसार १० दिनदेखि उनिहरु प्रहरी हिरासतमा रहेका छन । प्रहरी निरीक्षक बेलबासेले उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनिहरुलाई प्रहरीले समातेको हो ।