टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित


पालिका पत्र

२८ बैशाख २०८३, सोमबार ०८:२३ मा प्रकाशित

वैशाख २८, काठमाडौं ।

काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ ।

विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए ।

विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । विमानमा केही शव र सामानहरु पनि रहेको छ ।

इस्तानबुलबाट काठमाडौं आएको त्प्ठद्दट विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।

उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ ।

विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्