देउसी–भैलोको रकमबाट बृद्ध–बृद्धालाई न्यानो कपडा वितरण


appharu

२६ मंसिर २०७९, सोमबार १८:१९ मा प्रकाशित

पालिकापत्र, बुटवल । युगल आमा समुह बुटवल–११ कालिकानगरले बृद्धाश्रममा आश्रय लिइरहेका बृद्ध–बृद्धालाई न्यानो कपडा र हर्लिक्स वितरण गरेको छ । समुहले बुटवल उपमहानगरपालिका वडा नं २मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजू बृद्धाश्रमका बृद्ध–बृद्धालाई ब्ल्याङ्केट र पछ्यौरा लगायत न्यानो कपडा र हर्लिक्स,विस्कुट वितरण गरेको हो । सोमबार एक कार्यक्रमका बीच वडाध्यक्ष सुनिल शाक्य र समुहका पदाधिकारीले त्यहां रहेका ९ जना बृद्ध–बृद्धा र कर्मचारीलाई उक्त सामान प्रदान गरेका हुन् । सो अवसरमा वडाध्यक्ष शाक्यले आमा समूहको परोपकारी कामको सराहना गर्दै आगामी दिनमा सहकार्य गर्न सकिने बताउनुभयो ।
समुहकी अध्यक्ष लक्ष्मी पराजुलीले तिहारको समयमा देउसी भैलो खेलेर संकलन भएको रकम वनभोजमा गएर खानपिनमा खर्च गर्नुको साटो बृद्धाश्रममा आश्रय लिइरहेका जेष्ठ नागरिकलाई जाडो मौसममा न्यानो दिलाउन कपडा र पौष्टिक आहार वितरण गरेको बताउनुभयो । कार्यक्रममा समुहकी पुर्व अध्यक्ष विनिता ज्ञवाली र उपाध्यक्ष विजया पाण्डेले विशुद्ध मानवीय सेवा भावले समूहले आगामी दिनमा पनि यस्तै समाजिक काम गर्ने बताउनुभयो ।

यस्तै समूहका पदाधिकारी र सदस्यहरुले सामूहिकरुपमा रकम संकल गरी बृद्ध–बृद्धालाई नगद समेत वितरण गरेको सीता भण्डारीले जानकारी दिनुभयो । युगल आमा समूहको जिन्सी र नगद सहयोगबाट बृद्ध–बृद्धाहरु ज्यादै खुशी भएका बृद्धाश्रमका व्यवस्थापक कृष्णबहादुर रेश्मीमगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्