मोहनराज प्याठका दुई पुस्तक विमोचन


appharu

२६ मंसिर २०७९, सोमबार २१:०७ मा प्रकाशित

पालिकापत्र,बुटवल । लेखक मोहनराज प्याठका दुईवटा पुस्तक विमोचन भएका छन् । प्याठको ७५औं जन्मदिन तथा अखिल नेपाल किसान संघको ७१औं स्थापना दिवसको अवसर पारेर प्याठद्वारा लिखित पुस्तकहरु ‘स्वर्ग भुमी नेपालमा सच्चा देशभक्त कम्युनिष्टहरु खै ?’ र ‘नेपालको स्वर्ग भुमी भक्तपुरका सांस्कृतिक परम्परागत र नौ दाफा भजनहरु’ को बिमोचन भक्तपुरमा भएको हो ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले उक्त दुई पुस्तकको बिमोचन गरेका हुन् । लेखककी श्रीमती जगतमाया प्याठको अध्यक्षता र बाबुकाजी श्रेष्ठको संचालनमा सम्पन्न उक्त कार्यक्रममा पुराना बामपन्थी नेता कृष्णलाल गोजा श्रेष्ठ , सम्पादक ,प्रकाशक बिष्णु प्रसाद पोख्रेल, बरिष्ठ समाजसेबी कृ्ष्ण बहादुर साहु श्रेष्ठ अतिथि थिए ।

प्रमुख अतिथि रेग्मीले भक्तपुर किसान आन्दोलनका नेता तथा पुस्तकका लेखक प्याठको ७५औं जन्मदिनको उपलक्षमा बधाई ज्ञापन गर्दै सुस्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै एउटा किसानले लेख्ने लेख रचनाहरुलाई बौद्धिक जगतले उच्च सम्मान गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्