सांसद घिमिरेलाई नगरपालिका संघको सम्मान


appharu

19 December, 2022 8:21 pm मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल नगरपालिका संघले रुपन्देही क्षेत्र नं ५ बाट संघीय सांसद पदमा विजयी हुनुभएका बासुदेव घिमिरेलाई सम्मान गरेको छ । संघको आठौं राष्ट्रिय अधिवेशनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा घिमिरेलाई तिलोत्तमाका संस्थापक नगर प्रमुख पछि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकोमा सम्मान तथा बधाई ज्ञापन गरेको हो ।प्रधानमन्त्री शेर बहादुर देउवाले घिमिरेलाई सम्मान—पत्र प्रदान गरेका थिए । घिमिरे रुपन्देही क्षेत्र नं ५ मा नेपाली कांग्रेसका भरत शाहलाई ९ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै संघीय सांसद पदमा विजयी भएका हुन् । घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर प्रमुख हुदा तिलोत्तमा लगातार दुई पटक मुलुककैं उत्कृष्ट नगरपालिका भएको थियो । घिमिरेकै पालामा तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने मुलुककैं पहिलो नगरपालिका समेत भएको हो ।

प्रतिक्रिया दिनुहोस्