रामचन्द्र-मैनादेवी अनाथ आश्रमलाई अक्षयकोष दाताको अभाव


appharu

७ पुष २०७९, बिहीबार २०:१० मा प्रकाशित

विन्दु भट्टराई
पालिकापत्र, तिलोत्तमा ।
अनाथ तथा असहाय महिला कल्याण रामचन्द्र मैनादेवी अनाथ आश्रमको २६ औं बार्षिक साधारण सभा मणिग्राम ६ मा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष मैनादेवी भण्डारीले ५२ लाखको अक्षयकोष सहितको वार्षिक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहांले आगामी दिनमा १ करोड बराबरको अक्षयकोष खडा गर्ने लक्ष अनुरुप अवको कार्ययोजना बनाउने बताउनुभयो । एक करोडको अक्षयकोष नपुग्दा आश्रममा काम गर्ने कर्मचारी राखेर तलब दिन नसक्दा आफै काम गर्नुपरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
आश्रीत बालबालिकाहरुको भजन प्रस्तुती संगै शुरु भएको कार्यक्रममा विद्यालय बिदाको समयमा बालबालिकाहरुले लेखेको कविताहरु समाबेश गरिएको नजन्माएको आमा किताबको बिमोचन समेत गरिएको छ । उक्त किताबको एउटा कविता बालक सुरेन्द्र बानियाले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अथीति तिलोत्तमा ६ का वडाअध्यक्ष गणेश पाठकले आश्रमको भवन जीर्ण भएकोले मर्मतका लागि १ लाख ५० हजार बजेट वडाबाट छुट्याएको बताउंदै आगामि दिनमा संस्थासंगै सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

पाठकले आफ्नो अगाडि देख्दा मात्र भावनामा नबहकिएर हर समय सेवा र सत्कर्ममा रहिरहनुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा विशिष्ट अथिती समाजसेवी गोपाल रानाले आश्रम कार्यको प्रशंसा गर्दै बालबालिकाको पालन पोषण र शिक्षाका लागि समस्या नभएको तर ऐलेसम्म आश्रमबाट पढेर निस्किएपछि नागरिकता नपाएकै कारणले गंभिर समस्या भोग्नुपरेकोले सवै सरोकारवालाको त्यसतर्फ ध्यान जानुपर्नेमा सचेत गराउनुभयो ।
उहांले यो भन्दा अगाडि निस्किएका केहि बिद्यार्थीको उच्चशिक्षाकालागि आफुले लगानी गरेको र बांकि विद्यार्थीको पनि आफुले अभिभावकत्व लिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा शान्ती नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयमा बिद्यार्थीैको चाप भएपनि यी विद्यार्थीलाई विशेष ध्यान दिदै आएको र यी बालबालिका पढाईदेखि लिएर अतिरिक्त कृयाकलापमा पनि उत्तिकै सकृय रहेको बताउनुभयो । कार्यक्रममा गितादेवी न्यौपाने,कला न्यौपाने, कमला आचार्य पाखे्रल,कृष्ण ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शुरुवाती दिनमा केहि समस्या भएपनि सहयोगीहरु बढदै गएको र साथ पनि थपिदै गएकोले संस्था चलाउन सहज भएको बताउनुभयो । उहांले सहयोगी सवैप्रति धन्यबाद समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्