मानव कल्याण मित्र मञ्चले मानवीय सेवा गर्न एक करोडको अक्षयकोष बनाउने


appharu

११ पुष २०७९, सोमबार १९:१७ मा प्रकाशित

पालिकापत्र,बुटवल । मानव कल्याण मित्र मञ्च नेपालको चौथौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः दुर्गाप्रसाद अर्याल अध्यक्षमा निर्वाचत भएका छन् ।
मञ्चको उपाध्यक्षमा देवी अर्याल भट्टराई, देवीप्रसाद गौतम, महासचिव झविलाल अधिकारी, सचिव कविता पन्थी, सहसचिव तिर्थराज पौडेल, कोषाध्यक्ष शालिकराम गौतम, सह कोषाध्यक्ष प्रकाश भट्टराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विवेक खरेल, सुरजप्रसाद ज्ञवाली, शेषकान्त खरेल, निर्मल बस्याल र भगवती तिवारी, घिमिरे चयन भएका छन् । त्यस्तै पार्पती केसी संयोजक रहेको महिला समिति र टेकबहादुर थापा संयोजक रहेको सल्लाहकार समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको मञ्चले सामाजिक क्षेत्रमा काम गर्नका लागि १ करोडको अक्ष्यकोष स्थापना गर्ने गरी काम अघि बढाएको जनाएको छ । अक्षयकोषको ब्याजबाट मानवीय र सामाजिक सेवाका कामहरु गर्न,अनाथ असहायहरुलाई सहयोग गर्न एक करोडको अक्षयकोष आवश्यकता परेको संस्थाका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए । कोषमा हालसम्म संस्थाका पदाधिकारीबाट ३० लाख संकलन गरिएको अध्यक्ष अर्यालले जानकारी गराए । सामाजिक र मानवीय सेवा गर्न चाहने दाताले कोषमा रकम सहयोग गर्न सक्ने उनले बताए ।
संस्थाले प्रवासी मित्र मञ्च भारतले भारतमा हराएका तथा अलपत्र परेका २ हजार बढी नेपाली महिला र बालवालिकाको उद्वार गरी मानव कल्याण मित्र मञ्च नेपालसंगको सहकार्यमा नेपाल ल्याएर आफन्तलाई बुझाउने कामहरु गरेको अर्यालले बताए ।
नेपालमा गरिबीका कारण विद्यालय जान नसकेका वालवालिका र उपचार गराउन नसकेका मानिसलाई सहयोग गर्दै आएको महासचिव झविलाल अधिकारीले बताए ।
मान कल्याण मित्र मञ्च नेपालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देहीका स्थानीय तहहरुमा सुशासन कायम गर्नका लागि अभियान पनि चलाउने बताएको छ ।
मित्र मञ्च नेपालका संरक्षक पुरुषोत्तम भट्टराईले देशमा राजनीतिक परिवर्तन भएपनि सुशासन कायम हुन नसकेकाले स्थानीय तहबाट सुशासन कायम गर्नका लागि शान्तिपूर्ण रुपमा दबाब दिन अभियान चलाउने बताए ।

प्रतिक्रिया दिनुहोस्