लायन्स बेलबास सिर्जनशीलको पांचौं चार्टर नाइट


appharu

११ पुष २०७९, सोमबार २०:२० मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशीलको पांचौं चार्टर नाइट आइतबार सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी का गभर्नर नवराज न्यौपानेले महिलाहरु मात्र आवद्ध लायन्स क्लब बेलबास सिर्जनशीलले सामाजिक क्षेत्रमा राम्रो काम गरेको भन्दै अझै धेरै काम गर्न सुझाव दिए । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी का फस्ट भीडीजी अर्जुनमान सैंजु,सेकेण्ड भिडीजी पुरुषोत्तमभक्त प्रधानांग,डिस्ट्रिक्ट प्रोग्राम चेयरपर्सन बेदप्रकाश गैरे, जोन चेयर पर्सन विमला गैरे, क्लबकी अध्यक्ष सरस्वती खनाल,उपाध्यक्ष कल्पना भण्डारी भट्टराई,सचिव पवित्रा गौडेल,पुर्व अध्यक्ष मन्जु भट्टराई घिमिरे,संस्थापक अध्यक्ष मन्दिरा गौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्