सांसद बासुदेवको पहलमा गैडहवामा २ हजार क्षमताको गौशाला बन्ने


appharu

१३ पुष २०७९, बुधबार ०९:२६ मा प्रकाशित

पालिकापत्र,गैडहवा । रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेको पहलमा छाडा पशु चौपाया व्यवस्थापनका लागि रुपन्ददेही गैडहवामा अन्तरपालिका साझेदारीमा २ हजार गाई राख्न मिल्ने गौशाला बनाउने तयारी थालिएको छ । आफु निर्वाचित भए लगत्तै सांसद घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग स्थानीय समस्याबारे राय सुझाव लिने क्रममा उक्त क्षेत्रमा छाडा पशु चौपायाको अत्यधीक समस्या रहेकोले व्यवस्थापनको माग गरेका थिए । सोही अनुसार रुपन्देही क्षेत्र नं ५ का सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा गैडहवा, कञ्चन र मायादेवी गाउंपालिकाको साझेदारी र लुम्बिनी विकास कोषको समेत सहयोगमा गैडहवामा एक सय ८० बिघा क्षेत्रफलमा गौशाला बनाउने निर्णय भएको हो ।
गैडहवा गाउंपालिकाले गौरवको योजनाका रुपमा अघि बढाएको गैडहवा तालको दक्षिणतर्फको पहवा मण्ठाधारीबाबा सामुदायिक वन क्षेत्रमा ‘लुम्बिनी गौशाला’ बनाउने गरी पांच स्थानीय तहका प्रमुख÷अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी विकास कोषका उपाध्यक्ष र रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेको संयक्त वैठकले निर्णय गरेको कोेषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए । छाडा पशु चौपायाका कारण अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी र समग्र ५ नं। क्षेत्रमा सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौंदेखि भोग्दै आएका थिए ।
स्थानीयले नवनिर्वाचित सांसदलाई गौशालाको माग गरेपछि सांसद घिमिरेको पहलमा पांचवटै पालिकासंग समन्वय गरी व्यवस्थित गौशाला निर्माणको काम अघि बढेको गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
पहिलो चरणमा लुम्बिनी विकास कोषले ५० वटा गाई राख्न मिल्ने सेड र पशु उपचार केन्द्र स्थापना गरिदिने सहमति भएको पौडेलले बताए ।
गौशालालाई बुद्ध जन्मस्थल लुम्बिनी, प्रदेशकै ठूलो गैडहवा तालसंग जोडेर पर्यटकीय दृष्टिले विकास गरिने योजना रहेको सांसद घिमिरेल बताए ।

‘पहिलोचरणमा सबै पालिकाले १५–२० लाखका दरले रकम संकलन गरेर काम अघि बढाउने र क्रमशः प्रदेश र संघीय सरकारसंग पनि वजेट माग गर्ने निर्णय भएको छ’–सांसद घिमिरेले भने–‘गौशालालाई लुम्बिनीसंग जोडेर नमूना धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने र गोबरबाट कम्पोष्ट मल कारखाना बनाउनेसम्मका योजना छन् ।’
गौशाला बन्ने ठाउं नजिकै गिद्धहरुको बासस्थान ९जटायु रेष्टुरेन्ट० समेत रहेकाले गौशालामा कालगतीले गाईको मृत्यु हुदा जटायु रेष्टुरेन्टमा पु¥याउर व्यवस्थापन गरेपछि गिद्धको आहारा हुने र यसले इको सिस्टममा योगदान पुराउने सांसद घिमिरेले बताए ।
किसानलाई मलको अभाव खड्किरहेको सन्दर्भमा गौशालाले मलको अभाव पुर्ति गर्न समेत योगदान गर्ने सांसद घिमिरेले बताए ।
जिल्ला प्रशासन कार्यालयसंगको वैठकबाट कानुनी प्रकृया पुरा गरी गौशालाको काम अघि बढाउन गैडहवा गाउंपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल संयोजक रहेको ११ सदस्यीय समिति गठन भएको छ । समितिमा पांचवटै पालिकाका प्रमुख÷अध्यक्ष वा उपप्रमुख÷उपाध्यक्ष एक–एक जना, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी विकास कोषबाट एकजना र सामुदायिक वनबाट एकजना प्रतिनिधि रहने समिति गठन गरिएको गैडहवाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए । डीपीआर तयार भएपछि वजेट कति लाग्छ भन्ने थाहा हुने उनले बताए । छाडा पशु चौपाया व्यवस्थापनमा अन्तरपालिका साझेदारीमा संयुक्त गौशाला निर्माण अन्य पालिकाहरुका लागि पनि उदाहरण हुने पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्