सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी,७ लाख बढी दर्शक,२५ करोड कारोबार


appharu

१९ पुष २०७९, मंगलवार १९:२५ मा प्रकाशित

पालिकापत्र,बुटवल । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघको आयोजनामा पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलवार समापन भएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद एवं पूर्वमन्त्री लिला गिरीले प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि प्रदर्शनीले टेवा पुराउर्ने विश्वास व्यक्त गरे । उनले मुलुकले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दा अब सबैको सरोकारको विषय बन्नु पर्ने धारणा राख्दै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा उद्योग संघले खेलेको भूमिकालई कसैले बिर्सन नसक्ने बताए । उनले नीजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडी बढ्न सुझाव दिए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकासका र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गरे ।

सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको र शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे ।
समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव हरि बहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरे भन्दा अत्याधिक बढी दर्शकहरु आएको तथा आर्थिक कारोवार पनि २५ करोड भएको बताउनु भयो ।
प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठान उत्पादनहरु ४१५ वटा स्टलहरुमा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा मूल्याङकन समितिका संयोजक बाबुराम बोहोराले पुरस्कृतहरुको नामावली सार्वजनिक गरेका थिए ।
जस अनुसार स्टलतर्पm होटल तथा रेष्टुरेण्ट पेभिलियन मध्ये उत्कृष्ट श्री गुड् डु द भेगन किचन, गार्मेण्ट्स पेभिलियनतर्फ उत्कृष्ट श्री भिना गार्मेन्ट प्रा.लि. काठमाडौं, बेकरी, आईसक्रिम तथा अचार पेभिलियनतर्फ उत्कृष्ट श्री लकासी अचार उद्योग र श्री भिटामिन फुड्स एण्ड क्याफे, बुटवल, हाउस होल्ड एण्ड ब्युटी पेभिलियनतर्फ उत्कृष्ट श्री तिनाउ टप किचन इण्डष्ट्रिज प्रा.लि., तिलोत्तमा न.पा. र श्री एन्जल टच हाइजि· म्यानुप्mयाक्चरि· प्रा.लि., भैरहवा, जुत्ता चप्पल पेभिलियनतर्फ उत्कृष्ट श्री ब्ल्याक हर्स, खाद्यान्न पेभिलियनतर्फ उत्कृष्ट श्री राइजिङ्ग सन एग्रो इण्डष्ट्रिज, सियारी गा.पा., औद्योगिक प्रविधि पेभिलियनतर्फ उत्कृष्ट श्री नेपोभिट टायल बारा, जितपुर, हस्तकला पेभिलियनतर्फ उत्कृष्ट श्री एम.बी.काष्ठ तथा हस्तकला उद्योग, बुटवल, कृषि पेभिलियनतर्फ उत्कृष्ट पैंचो पसल प्रा.लि., बुटवल भएका छन् ।
यसैगरी जिल्ला वाहिरका महिला उद्यमीहरु मध्येबाट उत्कृष्ट उद्यमी पाल्पाली मदनपोखरा ढाका उद्योगकी शितम भण्डारी र प्रेम नि.श.अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योग, दा·की प्रेम कुमारी पुन, संस्थागत स्टलतर्पm ग्रिल तथा स्टिल व्यवसायी संघ, रुपन्देही, उदयमान युवा उद्यमीमा पुरुष तर्पmबाट कबिराज अधिकारी श्री रामापुर मौरी श्रोत केन्द्र, महिलातर्पmबाट श्रृष्टी गुरुङ्ग आइटी स्टिल स्ट्रक्चर सोलुसन प्रा.लि. पुरस्कृत भएका छन् ।
स्टलहरुमध्येबाट बुद्ध सिमेन्ट ब्लक उद्योग, तिलोत्तमा न.पा. रुपन्देही र ग्लोबल इ्रन्टेरियर तथा काष्ठ उद्योग, तिलोत्तमाले सान्त्वना, मन उड इण्डष्ट्रिज, ओमसतिया गाउँपालिका, रुपन्देही र सिया स्टिल इण्डष्ट्रिज प्रा.लि,. नवलपरासीले तेस्रो, कपिलवस्तु ग्लास फाइवर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा ट्रन्सवेल्ड नेपाल (ट्रान्सफर्मर) काठमाडौंले प्रथम स्थान हासिल गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेल, जिल्ला÷नगर संघसंस्थाको तर्पmबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, प्रदेश स्तरीय संघसंस्थाको तर्पmबाट चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, नेपाल राष्ट्र बैंक डिपुटी गभर्नर बम बहादुर मिश्र, प्रदेशसभा सदस्यमा भोजप्रसाद श्रेष्ठ, द्वितिय उपाध्यक्ष जिवकान्त काफ्लेले लगायतले औद्योगिक विकासले मात्र मुलुकको समृद्धि हासिल हुने बताएका थिए । गर्नु भएको थियो ।
सोही अवसरमा सहआयोजक, प्रर्बद्धक, सौजन्यकर्ताहरु, सहयोगी संघसंस्था र विभिन्न निकायहरुलाई सम्मान, कदर र प्रशंसापत्र प्रदान गरिएको थियो ।
संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकम मध्ये केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याउने निर्णय गर्दै प्रत्येक टिकटबाट रु.४ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैया औद्योगिक तथा सामाजिक विकास राहत कोषका लागि छुट्टयाएको छ ।

प्रतिक्रिया दिनुहोस्