संसार सहकारीको दशौं वार्षिक साधारणासभा


appharu

२४ पुष २०७९, आईतवार ०९:१८ मा प्रकाशित

पालिकापत्र,बुटवल । संसार वचत तथा ऋण सहकारी संस्था लि. बुटवलको दशौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा सहकारीका अध्यक्ष प्रकाश भट्टराईले प्रतिवेदन पेश गर्दै २०६९ चैत १५ गतेदेखि कारोबार शुरु गरेको सहकारीले २०७९ असार मसान्तसम्म शेयर सदस्य १०३४,शेयर पुंजी एक करोड ८ लाख ४७ हजार,निक्षेप संकलन ७ करोड ८४ लाख ३३ हजार ७६ रुपैयां र ऋण लगानी ७ करोड ४९ लाख २८ हजार १६६ रुपैया गरेको जानकारी गगराए । सहकारीले मणिग्राममा सेवा केन्द्र विस्तार गरी १०४ जना शेयर सदस्य,शेयर पुंजी ३ लाख ३७ हजार,निक्षेप संकलन १८ लाख ४५ हजार ८३६ र ऋण लगानी ११ लाख ६१ हजार ९७९ रुपैयां भएको जानकारी गराए ।
साधारणसभामा बोल्ने सहकारीसंग सरोकारवाला संस्थाका प्रतिनिधिहरुले केही सहकारीहरुमा समस्या देखिएपनि स्थानीय बासिन्दा, स्थानीय सञ्चालक र स्थानीय कर्मचारी भएका तथा जगेडा कोष र तरलता रकम पर्याप्त भएका सहकारीहरुमा समस्या नआउने भएकाले ढुक्क हुन आग्रह गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाकर खनाल,राष्ट्रिय सहकारी बैंक बुटवलका व्यवस्थापक नारायण बेल्बासे,रुपन्देही वचत तथा ऋण सहकारी संघका सञ्चालक विष्णुप्रसाद वस्ती,एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकाल,सहज सहकारीका उपाध्यक्ष विशाल बेल्बासे,सहकारी संस्थाका उपाधयक्ष पदमप्रसाद नयौपाने,सचिव राजेश खत्री,कोषाध्यक्ष ढकेश्वर भट्टराई,कार्यक्रम संयोजक बरुण घिमिरे लगायतले आफ्ना भनाई राखेका थिए । सो अववसरमा सहकारीले उत्कृष्ट वचतकर्ता जवाहरलाल न्यौपाने,उत्कृष्ट ऋणी लोकबहादुर थापा, अधिक शेयर सदस्य बृद्धि गर्ने प्रेमप्रसाद पाण्डे,मणिग्राम सेवा केन्द्रकी सन्जु देवकोटा लगायत पुर्व कर्मचारीहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्