यस्तो बन्यो प्रचण्ड सरकारको २३ सदस्यीय मन्त्रिमण्डल


appharu

३ माघ २०७९, मंगलवार १९:३९ मा प्रकाशित

पालिकापत्र,बुटवल । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रिमण्डल २३ सदस्यीय भएको छ ।
मंगलबार मन्त्रिमण्डल विस्तार भएर २३ सदस्यीय पुगेको हो ।

नवनियुक्त मन्त्रीहरुको शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका छन् ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएका छन् ।
त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

आज थप भएका मन्त्रीहरुमा राप्रपाबाट राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जा मन्त्री बनेका छन् ।

नेकपा एमालेले हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाएको छ । यसैगरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै राप्रपाबाट ध्रुबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।

नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृतिक पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपालीले नियुक्त भएकी छन् ।

जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भएका छन्।

प्रधानमन्त्रीमा प्रचण्डले शपथ लिएकै दिन माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना मन्त्री बनेका थिए ।

एमालेबाट विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्री बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनेका थिए । foto Credit : Setopati

प्रतिक्रिया दिनुहोस्