समाजिक सञ्जाल अष्ट्रेलियाद्वारा बटुकलाई सहयोग


appharu

१७ माघ २०७९, मंगलवार १४:४८ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाकोले बुटवलस्थित निलकण्ठ बाबा धाममा रहेका बटुक (विद्यार्थी) लाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

सञ्जालले धाममा रहेका ७५ जना बाल वटुकलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग प्रदान गरेको हो । सो अवसरमा रुपन्देहि सामाजिक संजालका अध्यक्ष मुक्तिराम पोखरेलले आफ्नो धारणा राख्दै संस्थाको सहयोगले बटुकहरुको शिक्षामा टेवा पुग्ने र उत्प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा धामका अध्यक्ष देवमाया भट्टराई, उपाध्यक्ष चुडामणि पौडेल, सदस्य लक्ष्मी भट्टराई, वार्ड सदस्य विर बहादुर लामा,आचार्य गुरु माधब प्रसाद भट्टराई , मुल पुजारी चेतनाथ भट्टराई , सञ्चारकर्मी खेमराज रेग्मी , धामका सहसचिव नारायण प्रसाद भन्डारी, समाजसेवी गोविन्द प्रसाद पोखरेल,धामको संस्थापक सदस्य द्रोपता शर्मा लगायतकाले सञ्जालले गरेको सहयोगको प्रशंशा गरेका थिए ।

अष्ट्रेलिया रहेका नेपालीहरुको साझा संस्था रुपन्देहि सामाजिक सञ्जालले यसअघि असहाय अपांग तथा गरिव तथा विपन्नलाई सहयोग गर्दै आइरहेको छ कोरोना महामारी , विनासकारी भुकम्प पीडितलाइ सहयोग, अपांग आश्रममा शैचालय निर्माण, मैनादेवी आश्रममा आर्थिक सहयोग ,अस्पताल एवं स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्रि प्रदान ,खाने पनि टंकि निर्माण , ट्राफिक सचेतना कार्यक्रम लगायतका कामहरु नेपाल लगायत गृह जिल्लामा थुप्रै राहत तथा परोपकारी कार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्