एचआईभी एड्स न्यूनिकरणका लागि म्युजिकल लाइभ कन्सर्ट


appharu

२ फाल्गुन २०७९, मंगलवार २२:३२ मा प्रकाशित

पालिकापत्र, बुटवल । एचआईभि एड्सको न्यूनिकरणका लागि बुटवलमा म्युजिकल लाइभ कन्सर्ट सम्पन्न भएको छ । एड्स हेल्थ फाउण्डेसनको सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमाअन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा सोमबार साँझ बुटवलमा म्युजिक लाईभ कन्सर्ट भएको हो । कन्सर्टको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै पाण्डेयले एचआई एड्स नियन्त्रणमा यो क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुके ठूलो भूमिका हुने बताए । बुटवल सोसाइटी युथ क्लबका अध्यक्ष सुजन पुनले सबैको सहकार्यबाट मात्रै एचआई एड्सविरुद्ध जनचेतना जगाउन सकिने र नियन्त्रण हुने बताए ।
लाइभ कन्सर्टमा जनचेतनाका साथै एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक समेत देखाइएको आस्था समुहका केशब पुनले जानकारी दिए। एचआईभि एड्सको न्यूनिकरण गर्दै शुल्यमा झार्नको लागि असुरक्षित यौन सम्पर्क नहोस भन्ने उद्देश्यले कण्डमको प्रयोग बढाउन अभियान स्वरुप कन्सर्ट गर्न लागिएको पुनले बताए ।
कण्डमको विषयमा जनचेतना जगाउन गरिएको कन्सर्टमा साउण्ड वेभ व्याण्ड, व्लु डायमण्ड सोसाईटि, न्यू सत्यसाई कला केन्द्र लगायतको प्रस्तुती रहेको थियो । त्यस्तै निशुल्क कण्डम वितरण र कण्डम सम्बन्धि विभिन्न खेलहरु खेलाइएको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए।

नेपालमा प्रत्येक दिन नयाँ दुई जनामा एचआईभि संक्रमण हुन्छ । त्यस्तै सन् २०२१ को अन्तसम्ममा नेपालमा ३० हजार व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान गरिएको छ । त्यसमध्ये २३ हजार ७३५ जना पहिचान गरिएको छ । सन् २०२१ मा ६८० जना नयाँ व्यक्तिमा संक्रमण भएको अनुमान गरिएको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो । सन् २००० मा ४ हजार ३७० नयाँ व्यक्तिमा संक्रमण अनुमान गरिएको थियो । सन् २०२१ को अन्तसम्ममा विश्वमा ३ करोज ८४ लाख व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जनाले नियमित औषधि सेवन गर्दछन् । त्यसमध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी १ हजार ४७० र सबैभन्दा कम रोल्पामा ४४ जना छन् । त्यस्तै २०७८–०७९ मा लुम्बिनी प्रदेशमा ९८ हजार ४७६ जना गर्भवती महिलामा गरिएको परीक्षणमा एचआईभि संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्