खेलकुदको विकासका लागि सक्दो पहल गर्छु : सांसद विनोद चौधरी


appharu

८ फाल्गुन २०७९, सोमबार १८:१८ मा प्रकाशित

पालिकापत्र,बर्दघाट ।  बर्दघाट नगरको आयोजनामा तेश्रो नगरस्तरिय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा संघिय सांसद विनोद चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद विनोद चौधरीले खेलकुदले मानिसलाई समय व्यवस्थापनका साथै भविष्यमा आउन सक्ने चुनौतिका विषयमा तयार पनि गर्ने र खेलकुदको ज्ञानले भविष्यमा एक्लै वा समूह जहाँपनि आवस्यकता अनुसार आफुलाई तयार गर्न सहजता प्रदान गर्ने चर्चा गरे । उनले एउटा राम्रो खेलाडी बन्नु भनेको भविष्यमा जुन सुकै क्षेत्रमा पनि सफलता प्राप्त हुने आधार तयार हुनु बताए । आफ्नो कार्यकालमा खेलकुदको विकासमा पहल गर्ने उनले बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सरिता भुषाल खनालले खेलकुदले समाजमा मिलेर बस्न सिकाँऊने बताए । उनले खेलकुदको माध्ययमबाट विद्यार्थीले अनुसासनका साथै समाजमा मिलेर बस्न प्रेरित गर्ने विचारको प्रेरक पनि बन्ने जिकिर गरेका थिए ।

त्यस्तै कार्याक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रवत्ता सन्तु गाहाले नगरले खेलकुद संगसंग नगरको आवस्यकतामा पनि ध्यान दिन आग्रह गरेका थिए । उनले नगरलाई खेलकुद हब बनाउने भन्दा पनि कृर्षिमा सिँचाईमा पनि लगानी गर्न आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तथा कार्यक्रमका सभाध्यक्ष शम्भुलाल श्रेष्ठले यस किसिमको कार्यक्रमले नगरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोगि भूमिका खेल्ने हुदाँ सहभागि सम्पूर्ण विद्यालयहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

तिन दिन सम्म चल्ने खेलकुद प्रतियोगिताको सञ्चालन सरस्वती माविका प्रअ सोमनाथ अधिकारीले गरेका थिए भने कार्यक्रमलाई स्वागत सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवराज जमरकट्टेलले गरेका थिए ।  कार्यक्रममा १९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । आज भलिबल खेलको उद्घाटन गर्दै उद्घाटन समारोह समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्