बानियाँविरुद्ध भ्रष्टाचारको मुद्दा, ९१ लाख स्रोत नखुलेको सम्पत्ति !


पालिका पत्र

१० चैत्र २०७९, शुक्रबार १०:३७ मा प्रकाशित

रूपन्देहीको मर्चवारी गाउँपालिकाका निवर्तमान अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार बानियाँसँग रहेको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा बनियाँ र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको जग्गा लगायतका चलअचल सम्पत्ति आफ्नो र छोराहरूको नाममा जोडेको देखिएकाले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको उल्लेख गरेका छन् ।

२०७४ असार १४ गते पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ २०७९ वैशाख ९ गतेसम्म पदमा थिए । अख्तियारले २०७४ असार २१ गतेदेखि २०७८ फागुन ३० गतेसम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्रयाक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिएबापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्