साढे २२ लाख नगदसहित हुण्डि कारोबारी पक्राउ


पालिका पत्र

१० चैत्र २०७९, शुक्रबार १६:५३ मा प्रकाशित

पालिकापत्र,काठमाडौं ।साढे २२ लाख अवैध रकम सहित हुण्डि कारोबारीलाई प्रहरीले काठमाडौं न्युरोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगंजका गोबिन्द शाह रहेका छन् । प्रहरी हिरासतमा रहेका शाहले हुण्डिको अवैध कारोबारमा रुपन्देहीका अनिल जैसवाल,नेपालगज्नका अमन गुप्ता,बिराटनगरका शिविर शाह र दीपुजी भनिने दीपेन्द्र अग्रवाल समेत संलग्न रहेको र ती मध्ये अग्रवाल मख्य नाइके भएको प्रारम्भिक बयान दिएका काठमाडौं प्र्रहरीले जनाएको छ । शाहले पोल खोलेपछि रुपन्देहीका अनिल जैसवालले शुक्रबार काठमाडौं प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । आरोपीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । प्रहरीमा आत्मसमर्पण गरेका जैसवालले आफू आर्थिक कारोबारले थला परेर विक्षिप्त भएको प्रहरीसंगको बयानमा भनेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्