प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


पालिका पत्र

२६ चैत्र २०७९, आईतवार १७:२९ मा प्रकाशित

प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार दिउसो साढे १२ बजे सरुमारानी गाउँपालिका वडा नं. ६ मोतिपुरमा लु ३ च ३८५५ नम्बर को तरकारी बोक्ने जिप दुर्घटना हुँदा लमही न. पा. ८ सत्बरियाका सत्यनारायण चौधरीको घटनास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते प्युठान न. पा. १ खैरा बस्ने बर्ष १४ को प्रबिन जि.सी. र चालक लमही न. पा. १ सत्वरिया बस्ने बर्ष २५ को प्रकाश चौधरीलाई उपचारको लागि प्युठान अस्पतालमा लगिएकोमा थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्