राप्ती लोकमार्ग जीर्ण हुँदा विकल्प खोज्दै स्थानीय


पालिका पत्र

४ बैशाख २०८०, सोमबार १३:२२ मा प्रकाशित

दाङ । राप्ती लोकमार्गको स्तरोन्नति नहुँदा स्थानीयवासीहरूले यसको विकल्पमा गंगालाल मार्ग चौडा र पक्की सडक बनाउनु पर्ने बताएका छन् ।

दाङ हुँदै सल्यान, रुकुमसम्म पुग्ने राप्ती लोकमार्ग जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नु परेकाले छोटो दूरीको गंगालाल मार्ग स्तरोन्नति गर्नुपर्ने स्थानीयवासीहरूले बताएका हुन् । राप्ती लोकमार्ग स्तरोन्नतिका लागि जिम्मा पाएका निर्माण कम्पनीले समयमा काम नगरेको हो ।

३ वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको र बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । तर यसको विकल्पमा गंगालाल मार्गको दाङ अन्तर्गत पर्ने करिब दुई किलो मिटर सडकलाई चौडा र पक्की बनाउन सके यात्रा गर्न सहज हुने स्थानीयवासीले बताएका छन् ।

दूरीको हिसाबले नजिक र पहिरोको पनि जोखिम नभएको हुँदा यसलाई स्तरोन्नति गर्न सकेमा कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने वैकल्पिक राजमार्ग हुने उनीहरुको भनाइ छ । जनप्रतिनिधिहरुले भने गंगालाल मार्गका लागि आफूहरूले सकेको काम गरेको भन्दै अब संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्