लुम्बिनी-गण्डकी जोड्ने सडकमा बन्यो पुल !

प्रदेशको गौरवको योजनाले प्राथमिकता पाएको छ : मुख्यमन्त्री गिरी


६ बैशाख २०८०, बुधबार १२:१५ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारले पाल्पाको पुर्वी क्षेत्र निस्दीखोलाको २ स्थानमा निर्माण गरेको पक्की पुलको उद्घाटन गरेको छ । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने लुम्बिनी प्रदेशको रणनीतिक सडकखण्ड अन्र्तगत पाल्पाको पूर्वी क्षेत्र निस्दी गाउँपालिकाको वडा नं. ६ अर्चले र पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा जोड्ने पक्की पुल (रेचेघाट) साथै रामपुर नगरपालिकामा निर्माण भएको मसानेघाटमा निर्माण भएको मोटरेवल पक्कीको उद्घाटन भएको हो ।

लुम्बिनी प्रदेशको रामपुर हुँदै गण्डकी प्रदेशको झ्यालबास नवलपुर जोड्ने सडकमा प्रदेश सरकारको सात करोड भन्दा धेरै लगानीमा उक्त पुल बनाइएको थियो । मसानेघाटमा निर्मित पक्की पुलको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीय ब्यवस्थामा प्रदेश सरकारप्रति प्रश्न गर्नेहरुलाई राजनितिक परिवर्तनपछि बिकासमा आमुल परिवर्तनको क्रमिकतालाई मध्यनजर गर्न आग्रह गरे । जनताका मुलभूत आवश्यकताको उच्च कदर गर्दै यथेष्ट कामका लागि प्रदेश सरकार जोडतोडले लागेको मुख्यमन्त्री गिरीले बताए ।

संविधानमा उल्लेख अधिकार बाँडफाँडमा अझै बाँझिएको बताउदै उनले तत्काल भन्दा पनि महत्वपुर्ण विकासका माध्यमबाट जनताको जिवनस्तर उकास्न प्रदेश सरकारले महत्वपुर्ण भुमिका खेलेको उनले बताए । लुम्बिनी प्रदेशले तराई पहाडमा उत्तिकै विकासलाई प्राथमिकता दिएको छ, गिरीले भने–“रामपुर–रोल्पा हुदै कर्णाली प्रदेशको कपुरकोट जोड्ने प्रदेशको गौरवको योजनाले रामपुरलाई जोडेको छ।”

रामपुर बसपार्क, सडक र नाली, सिंचाई, कुलो लगायतको काममा सदैव प्रदेश सरकारले काम गरेको उल्लेख गर्दै उनले बाटो र पुल बनाएर मात्र नभई अब गाउँठाउँका बस्तु र उत्पादन शहर पु¥याउन आधुनिक कृषिलाई प्राथमिकता दिदै अन्य आम्दानीको स्रोत बढाउन स्थानीय लाग्नुपर्नेमा जोड दिए ।

यस्तै, रेचेघाटको पुल उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले निस्दी र पुर्वखोलाबासीलाई रेचेघाटको पुल कोशेढुङा हुने जिकिर गरे । हजारौं रुपँैयाले खोलाबाट मोटरसाइकल तारेर ज्यान जोखिममा पार्दै वारपार गर्ने स्थानीयलाई पुल बनेर ठुुलो राहत मिलेको उनले बताए । अब यहाँका स्थानीयलाई उत्पादन बढाउन र विकासका काम गर्न सजिलो हुने मन्त्री आचार्यले बिश्वास ब्यक्त गरे ।

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायण आचार्यले निस्दीखोलामा निर्माण सम्पन्न भएका २ पुलले स्थानीय जिवनशैलीमा निकै सुधार गर्ने बताए । गल्धाफाँटमा पनि टेण्डरको प्रक्रियामा रहेको उल्लेख गर्दै आचार्यले रामपुर, निस्दी, पुर्वखोला सहित नवलपुर र नवलपरासी जिल्लाका नागरिकलाई आवतजावत गर्न, सवारी साधन नियमित चलाउन निस्दीखोलाका पुल महत्वपुर्ण हुने बताए ।

छिटो पुल निर्माण गरेकोमा निर्माण कम्पनीलाई आचार्यले धन्यवाद ब्यक्त गरे । उनले रामपुर सहलकोट हुँदै झ्यालबास सडकखण्ड ४० करोड टेण्डर भई काम भइरहेकोमा पाल्पातर्फ ३२ किलोमिटर र नवलपुरतर्फ २५ किलोमिटर रहेको उल्लेख गरे ।

लुम्बिनी प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठले प्रदेश सरकारले पाल्पाको पुर्व भेगमा धेरै उल्लेख्य काम गरेको बताए । पछाडी परेको यो क्षेत्रलाई अघि बढाउन र जनतालाई सहज बनाउन संघ र प्रदेशले धेरै योजना ल्याएको छ, उनले भने–“केही योजना सकिने चरणमा रहेको छन् भने केही प्रक्रियामा र केही प्रस्तावलाई अघि बढाइएको छ।” रामपुर–खोप्टार–रातोढिक–सहलकोट–झ्यालबास सडक स्तरोन्नतिको प्रक्रियामा रहेको श्रेष्ठले बताए ।

मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव राजेन्द्र थापाले सबैको साथले यी पुल सहज रुपमा समयमा नै निर्माण सम्पन्न भएको बताए । लुम्बिनी भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर अमृत श्रेष्ठले निकै आवश्यक ठाउँमा पुल बनेको बताउदै यसको निगरानी संरक्षणमा स्थानीयले चासो राख्नुपर्ने बताए ।

भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशका निर्देशक भिमार्जुन पाण्डेले निर्माण व्यवसायीले समयमा थोरै लागतमा काम गरेर उदाहरणीय कार्य गरेको बताए । सडक पुर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले पुलको विस्तृत प्रतिबेदन प्रस्तुत गर्दै मसानेघाट र रेचेको २ लेनको २ स्पान सहितको निर्मित पुल एकै किसिमको बनेको बताए ।

निस्दी गाउँपालिकाको वडा नं. ६ अर्चले र पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा जोड्ने पक्की पुल (रेचेघाट) को पुल जयनेपाल ईश्वर विवेक एण्ड कुवेर निर्माण सेवा प्रालि स्याङजाले सम्झौता भन्दा थोरै ३ करोड ७६ लाख ४ हजार ८३८ रुपँयाको लागतमा निर्माण भएको हो । ३ करोड ८९ लाख ६ हजार ३८४ रुपयाँमा सम्झौता भएको थियो ।

२०७७ साल असार ३० गते सम्झौता भई पुष ५ गते निर्माण शुरुभएको पुल २०७९ साल असार १८ गते निर्माण सम्पन्न गरेको हो । रेचेघाटको पुल ४६ दशमलव ८५ मिटर लम्बाई रहेको निस्दी वडा नम्बर ६ का वडाध्यक्ष मेख बहादुर सुनारीले बताए ।

यस्तै, रामपुर नगरपालिका वडा नम्बर १ पन्थे र ३ किर्तिपुर जोड्ने निस्दीखोलामा ७ करोड ७३ लाख ६ हजार ७ सय ७१ रुपँया लागतमा निर्माण भएको हो । २०७६ साल फागुन ११ गते सम्झौता भएको पुल सोही बर्ष चैत १६ गते शिलान्यास सँगै निर्माण शुरु भएको थियो । इलाईट कन्ट्रक्सन काठमाडांैसँग ८ करोड १२ लाख २५ हजार ६ सय ४३ मा पुल निर्माणको सम्झौता भएकोमा कम मुल्यमा निर्माण सकिएको हो ।

निर्माण व्यवसायी शिव श्रेष्ठले बिचमा केही समय समस्या आएपनि सरोकारवालाको सहयोगबाट समयमा नै निर्माण सम्पन्न गर्न सकेको बताए । ७० दशमलब ९ मिटर लम्बाई पुल निर्माण भएको हो । पुल निर्माणमा जग्गादान गर्नुहुने दाता रामपुर ३ का काशीराम खनाल र हेम ब कार्कीलाई करुवा, दोसल्ला र प्रशंसा पत्रले मुख्यमन्त्री गिरीले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्