अरबौं खर्चेर बनेका होल्डिङ सेन्टर प्रयोगविहीन


पालिका पत्र

१२ बैशाख २०८०, मंगलवार १८:०० मा प्रकाशित

कपिलवस्तु, १२ वैशाख । सरकारले कोभिड-१९ महामारीका वेला करोडौं खर्च गरि बनाएका होल्डिङ सेन्टर अहिले प्रयोगविहीन बनेका छन्।

पश्चिमका कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर र पुर्वका झापा, मोरङ, पर्सामा एक एक हजार बेड क्षमताको सात वटा होल्डिङ सेन्टरका स्वास्थ्य उपकरण प्रयोगहीन बनेका हुन्।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनको सारांशमा नेपाली सेनाका युनिट मातहत रहेका होल्डिङ सेन्टरका उपकरण अलपत्र परेको औंलाएको छ।

होल्डिङ सेन्टरमा अक्सिजन आपूर्ति उपकरण, विरामीको बेड तथा अन्य स्वास्थ्य सामग्री छन्। यी होल्डिङ सेन्टर बनाउन राज्यकोषको दुई अर्ब १६ लाख रुपैयाँ खर्च भएको समेत प्रतिवेदनमा उल्लेख छ। प्रयोगहीन बनेका यी सामग्री अन्य विपद व्यवस्थापनका लागि सुरक्षण गर्न पनि महालेखाले सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्