औषधी व्यवसायीसंघ कपिलवस्तुका निर्वाचित पदाधिकारीद्धारा पदस्थापन


पालिका पत्र

१९ बैशाख २०८०, मंगलवार २२:२५ मा प्रकाशित


कपिलवस्तु, १९ वैशाख ।
नेपाल औषधी व्यवसायीसंघ कपिलवस्तुका नव निर्वाचित पदाधिकारिहरुलाई पदस्थापन गराईएको छ । शनिवार वाणगंगामा सम्पन्न जिल्ला शाखा कपिलवस्तुको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदस्थापन गरेका हुन् । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक तथा सहसंयोजकले प्रमाण पत्र तथा माला लगाएर पदस्थापन गराएका हुन ।

संघको अधिवेशनले कपिलवस्तुका पुराना औषधी व्यवसायी मानुल्लाह खाँको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा गोपाल प्रसाद खनाल, महासचिवमा वेदुराम पोख्रेल, सचिवमा महेश रानाभाट, कोषाध्यक्षमा मोतिराज घिमिरे, सहकोषाध्यक्षमा राम गोपाल गोयल रहेका छन् । त्यस्तै सदस्यहरुमा सुशिल भट्राई, मनोज कुमार के.सी. र विक्रम घिमिरे निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरु सबैले पदस्थापना संगै आ–आफ्नो जिम्मेवारी सम्हाल्लेका छन् ।

पदस्थापन कार्यक्रमका प्रमुख अतिथि तथा निर्वाचन मण्डलका संयोजक संघका लुम्बिनी प्रदेश उपाध्यक्ष अंमृत सुवेदीले नयाँ आउने पदाधिकारीलाई थप सफलताको शुभकामना व्यत्त गरका छन् । उनले नेपाल औषधी व्यवसायीसंघ कपिलवस्तुका नयाँ पदाधिकारीहरु जुझारु र क्रियाशिल शक्ती देखिएकाले अब कपिलवस्तु प्रदेशमै अगाडि लाग्ने बताए । सुवेदीले कपिलवस्तुलाई पछाडि भन्दै आएका अन्य जिल्लाका साथिहरुलाई अबका दिनमा कपिलवस्तुकै सिको हुने खालको काम गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा संघका प्रदेश कार्यालय सचिव युवराज घिमिरे, संघको कपिलवस्तु शाखाका संयोजक माया भट्टराई, लुम्बिनी प्रादेशिक अस्पतालका कार्य समिति सदस्य लक्ष्मी भट्टराई, निर्वतमान अध्यक्ष धर्मराज भट्टराई लगाएतले सफलताको शुभकमना व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष औषधी व्यवसायी मानुल्लाह खाँले आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । संघका निर्वतमान अध्यक्ष धर्मराज भट्टराईको अध्यक्षता रहेको कार्यक्रमको संञ्चालन महासचिव बेदुराम पोख्रेलको संचालन रहेको थियो । संस्थाको कार्यलय चार नम्बरमा पलस्थापन कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्