बाणगंगाले राजश्वमा पुर्‍याएको योगदानका आधारमा वडाहरुलाई बजेट सिलिङ दिने


पालिका पत्र

११ जेष्ठ २०८०, बिहीबार १९:१४ मा प्रकाशित


पालिका पत्र बाणगंगा, ११ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले भुगोल, जनसङ्ख्या, राजश्वमा पुर्‍याएको योगदान तथा भौगलिक विकटता गरि चार सुचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । साथै वडालाई योजना मागको लागि मार्गदर्शन समेत गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसद पौडेलले जानकारी दिए ।


अब वडाले टोलटोल बाट योजना माग गर्दै अवश्यक छलफल गरि नगरमा पेस गर्ने छन । कार्यपालिका बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । जस अनुसार ४७५ उपभोक्ता समिति बाट सम्पन्न हुने र ५१ वटा ठेक्का प्रक्रिाया बाट सम्पन्न हुने गरि यस आर्थिक वर्षमा नगर भरि जम्मा ५ सय २६ योजना रहेका थिए ।

जस मध्ये उपभोक्त बाट सम्पन्न हने योजना मध्ये २९३ योजना भुक्तानी भैसकेका छन, भने ठेक्का पट्टा बाट हुने योजना मध्ये १७ वटा योजना भुक्तानी भैसकेको र बाँकी भुक्तानि हुने प्रक्रियामा रहेको नगर प्रमुख चक्रपाणी आर्यलले बताएका छन् । यस आर्थिक वर्षमा ९० प्रतिशत भन्दा धेरै योजना सम्पन्न हुने मेयर अर्यालले बताएका छन् ।

त्यस्तै कार्यपालिका बैठकले महिला स्वयमसेविका हित कोष सञ्चालन कार्यविधि पारित गरेको छ । कार्यविधि पारित भएपछि नगरमा रहेका महिला स्वयमसेविकाको पक्षमा थप प्रभावकारी कार्यक्रम हुने विश्वास लिइएको छ । त्यस्तै भूमिआयोग अन्तर्गत अव्यवस्थित बसोवासीको नापजाँचको प्रक्रिायलाई अघि बढाउने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।

नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यपालिका बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता कुमारी चौधरी लगायतले आ आफ्नो धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्