बिहेको प्रस्ताव अस्विकार गर्दा बाणगंगामा २ जनाको हत्या


पालिका पत्र

१८ जेष्ठ २०८०, बिहीबार ११:२३ मा प्रकाशित

पालिका पत्र , जेठ १८ । कपिलवस्तुको बाणगंगामा दुईजनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्विकार गर्दा उनीहरुको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए ।

बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरिया का ७० बर्षिय बम बहादुर थारु र उनकी भतिजी २२ बर्षिय अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो । बिहिबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो ।

तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनिहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कञ्चनका २२ बर्षिय मोहन थारुले उनिहरु माथी चक्कु प्रहार गरेको प्रहरी नायब उपरिक्षक घलेले पालिका पत्रलाई जानकारी दिए । चक्कु प्रहार पछि दुबै जना गम्भिर घाईते भएका थिए । बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ बर्ष देखी प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि हत्या गरेको भनाई छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्