नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड दुवै देशमा चल्ने

दुई देशबीच सम्झौता


पालिका पत्र

१८ जेष्ठ २०८०, बिहीबार १४:५९ मा प्रकाशित



काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुको भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच यस विषयमा सम्झौता भएको हो ।

योसँगै अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने बाटो खुलेको छ ।

नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया ९एनपीसीआई०का सीईओ रितेश शुक्लाले एक(आपसमा सम्झौतापत्र आदानप्रदान गरे ।

सम्झौता कार्यान्वयनपछि नेपालमा एनसीएचएल र भारतमा एनपीसीआई आबद्ध बैंक र वित्तीय संस्था एवं भुक्तानी प्लेटफर्ममार्फत एकअर्को देशमा डिजिटल भुक्तानी गर्न सकिने जनाइएको छ । यसअघि नेपाल र भारतबीच कार्ड भुक्तानीको सुविधामात्रै सञ्चालनमा थियो ।

सो अवसरमा बोल्दै नेपालका प्रधानमन्त्री प्रचण्डले यो समझदारीले नेपाल र भारत दुवैका व्यवसायी, विद्यार्थी, पर्यटक र धार्मिक यात्रुहरूलाई आवश्यक पर्ने क्रसबोर्डर भुक्तानीहरू गर्न सहज बनाउने भनाइ राखे ।

प्रतिक्रिया दिनुहोस्