ह्याकरले तोडे जिमेलको सेक्योरिटी फिचर, प्रयोगकर्ताका जिमेल अकाउन्ट खतरामा


पालिका पत्र

२१ जेष्ठ २०८०, आईतवार ११:०५ मा प्रकाशित

यदि तपाईं जिमेल प्रयोग गर्नुहुन्छ वा तपाईंको गुगलमा कुनै खाता छ भने एउटा दुस्खद् तथा निकै महत्वपूर्ण खबर छ ।
गुगलका १८० करोड प्रयोगकर्ताका लागि एउटा महत्वपूर्ण सुरक्षा चेतावनी जारी गरिएको छ ।

गुगलले आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलको सुरक्षाका विषयमा सदैव ठूला-ठूला दाबीहरू गर्ने गर्दछ । तर, पछिल्लोपटक जिमेलको सबैभन्दा बलियो तथा विशेष भनिएको सेक्योरिटी फिचर नै ह्याकरहरुले तोड्न सफल भएका छन् । यो सेक्योरिटी फिचर नै प्रयोगकर्ताका लागि सबैभन्दा ठूलो समस्याको विषय बनेको छ ।

गुगलले जिमेल चेकमार्क नामक फिचरलाई गत महिनामात्रै लञ्च गरेको थियो । यो चेकमार्क कम्पनी तथा संगठनहरुको भेरिफिकेसनको लागि थियो जसमा निलो चेकमार्क दिइन्छ । सो ब्लु चेकमार्क वास्तवमा प्रयोगकर्ताको सुविधा तथा सजिलोको लागि हो जसबाट कुन इमेल स्पाम हो र कुन आधिकारिक इमेल हो भन्ने छुट्टाउन सकिन्छ ।

तर, विडम्बना ह्याकरहरुले यही सेक्योरिटी फिचरलाई ह्याक गर्न सफल भएका छन् । साइबर सेक्योरिटी अनुसन्धानकर्ता क्रिस प्लमरका अनुसार चेकमार्क फिचरलाई ह्याक गरेर यही फिचरका माध्यमबाट ह्याकरले प्रयोगकर्तालाई झुक्काउन तथा फसाउन सक्दछन् ।

यसबाट उनीहरुले कुनै पनि ठगी वा नक्कली कम्पनीको नामबाट आएको इमेल नै असली हो भनेर ठग्न सक्दछन् । त्यसैले गुगलको यो निलो चेकमार्कवाला फिचर प्रयोगकर्ताका लागि टाउको दुखाई बन्ने देखिएको छ ।

क्रिसले यस विषयमा गुगललाई जानकारी दिइसकेका छन् । गुगलले पनि यो एक त्रुटि रहेको र यसलाई समाधान गर्नका लागि सम्बन्धित टिमलाई सूचित गरिएको जनाएको छ । साथै उसले यस विषयमा प्रयोगकर्तामा रहेको चिन्ता र द्विविधिका लागि माफी पनि मागेको छ ।

स्मरण रहोस् एप्पलको आईओएसमा पनि एउटा बग देखिएको छ । जसको फाइदा उठाएर आइमेसेज को मद्दतले कुनै पनि आइफोन ह्याक गर्न सकिन्छ । क्यास्पर्स्कीले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार आईओएस १५.७ भएका आइफोन पनि यो मालवेयरको निसानामा छन् । अर्थात् यदि तपाईंसँग आइफोन ११ १२ तथा १३ छ र त्यसमा आईओएस १६ अपडेट गर्नुभएको छैन भने तपाईं ह्याकरको निसानामा हुनुहुन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्