उद्योग वाणिज्य परिषद् सदस्यमा बाणगंगाका उमानाथ पौडेल मनोनित


पालिका पत्र

२३ जेष्ठ २०८०, मंगलवार १३:१६ मा प्रकाशित


पालिका पत्र, जेठ २३ ।

कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल उद्योग वाणिज्य परिषद्को सदस्यमा मनोनयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा गठित परिषद्को सदस्यमा पौडेललाई मनोनयन गरिएको हो ।

महासंघको विधानको दफा ३९.२.१ अनुसार परिषद् गठन गरिएको छ । महासंघका अध्यक्ष चण्द्र प्रसाद ढकालले परिषद्लाई सक्रिय बनाउन पौडलेको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्दै जेठ १७ गते मनोनयन गरिएको पत्र पौडेललाई पठाएका छन् ।

परिषद्मा मनोनयन भएपछि अध्यक्ष ढकाललाई धन्यबाद दिँदै पौडेलले आफूले दत्तचित्त भएर भूमिका निर्वाहा गर्ने बताए । पौडेल यसअघि पनि परिषद्को सदस्य थिए ।

पौडेल कपिलवस्तु उद्योग वाणिज्य संघमा सबैभन्दा सफल अध्यक्ष मानिन्छन् । उनको कार्यकालमा जिल्लामा संघले भवन पाएको थियो भने धेरै सुधारात्मक काम पनि भएका थिए । यिनै कामका आधारमा पौडेल केन्द्रमा प्रिय मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्