कपिलवस्तु, असार १०। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो।
जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड एकतिस लाख,सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड तिस लाखको अनुमान गरिएको छ।
यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार शर्सत अनुदान १ करोड ११ लाख ५० हजार,राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार,प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ।
गत वर्षको अल्या बैँक मौज्दात ३ करोड,सडक बोर्ड तर्फ ४० लाख गरि आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
आ।व २०७९/०८०को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ। नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी प्र्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ।
नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पुर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ।