चार अर्व खर्चेर कस्ता बन्दैछन् कपिलवस्तुमा सडक

कुन सडक निर्माणका लागि कति बजेट ?


१३ भाद्र २०८०, बुधबार १७:४१ मा प्रकाशित

कपिलवस्तु, भदौ १३ । संघीय सरकारले कपिलवस्तुका सडकलाई प्राथमिकतामा राखेर झण्डै चार अर्व रुपैया बजेट बिनियोजन गरेको छ । जिल्लामा रहेका मुख्य तथा सहायक सडक निर्माण, मर्मत, सम्भारका लागि बिभिन्न शीर्षकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल तीन अर्व ८६ करोड ५८ लाख ३० हजार रुपैया बजेट बिनियोजित गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि कपिलवस्तुका विभिन्न स्थानका सडकहरुको निर्माण एवं मर्मतका लागि उक्त रकम बिनियोजित गरिएको मन्त्रालयका सुचना अधिकारी विनोद कुमार खड्काले जनाए । मन्त्रालयले स्थानीय सडक पुल निर्माणका लागि बिभिन्न योजनाहरु समेत निर्धारण गरिएको खड्काले बताए । जिल्लामा बिभिन्न कार्यक्रम मार्फत उक्त रकम बिनियोजन गरिएको उनको भनाइ छ ।

कपिलवस्तुको सोतोवा नाला पुल हरदौना र अलंगीको बीचमा पुल निर्माणका लागि ८९ लाख ३० हजार, शुद्धोधन गाउँपालिका, १ अन्हराठ स्थित परसनी पुल निर्माणका लागि ५ लाख, मायादेवी गाउँपालिका, ३ खैरटी स्थित मर्थी खोला पुल निर्माणका लागि ५ लाख, बाणगंगा नगरपालिका, १० स्थित पटना र अहिरौली जोड्ने अहिरौली पुल निर्माणका लागि ५ लाख, बाणगंगा नगरपालिका, ६ स्थित कोइली बनगाइ बौद्ध मार्गमा पर्ने नहर पुल निर्माणका लागि ५ लाख, पचेहरा उच्चडिहवा बाटोमा पर्ने हुडरहवा खोला पुल निर्माणका लागि ५ लाख बिनियोजन गरिएको छ ।

झण्डा – बनगाई जोड्ने बाणगंगा नदीको कज्वे निर्माणका लागि ५ लाख, जमुवार खोला पुल, डुमरा–अरौराकोटको बीच पुल निर्माणका लागि ५ लाख बजेट बिनियोजन गरिएको छ । शिवराज नगरपालिका, १ स्थित मेनार खोला पुल चन्द्रौटा पूर्व रहतकोल देखि मैनार जाने बाटो निर्माणका लागि ५ लाख बिनियोजित गरिएको छ ।

हुलाकी राजमार्ग निर्माण पुल सहितको कार्यका लागि हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, शिवनगर, कपिलवस्तुलाई ३९ करोड ७ लाख ५० हजार बिनियोजन भएको छ । यस्तै, राजमार्ग स्तरोन्नती तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगतका योजनाहरुमा भालुवाङ्ग–नुवाकोट–खनदह–खरवाङ सडक (एनएच–७१) का लागि ७५ लाख, पूर्वपश्चिम राजमार्गको कोठीखोला–जीतपुर–धानखोला सडक खण्ड (एनएच–०१) का लागि १ करोड ८७ लाख ५० हजार, तौलिहवा–गोरुसिंगे–सन्धीखर्क सडक (एनएच–५१) का लागि ४ करोड ८७ लाख ५० हजार, जितपुर तौलिहवा सडक (भवानीभिक्षु चोकदेखि बहादुरगंज बजार अड्डाचोक (एनएच–५०) का लागि १ करोड ५० लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।

यस्तै चालु आवको लागि निर्वाचन क्षेत्र रणनैतिक सडक अन्र्तगतका योजनाहरुमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत कपिलवस्तु – १ पावरा – पिपरा मराम पकडी चाकडचौडा सडकका लागि १ करोड बिनियोजित गरिएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत मर्जादपुर–सुल्तनवापुर–वेलासपुर–सिहंखोर–सौराहा–गोटीहवा–शिवपुरा हुँदै कोपवासम्मको सडकका लागि १ करोड र कपिलवस्तु निर्वाचन क्षेत्र ३ अन्र्तगत कृष्णनगर हुदै सिर्सिहवा बालानगर लालपुर झुलानिया चौराह सम्मको सडक निर्माणका लागि १ करोड रुपैया बिनियोजित गरिएको छ ।

यसैबीच, अनुसूची २६ अन्र्तगत पूर्व दक्षिण एसियाको यातायात तथा ब्यापार आवद्धता अभिवृद्धि कार्यक्रममा बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजनाका लागि ३ अर्ब ३२ करोड ५४ लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।

प्रदेशबाट कार्यान्वयन हुने योजना अन्र्तगत बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रममा कपिलवस्तुमा बिभिन्न योजनाहरु छनौट भएका छन् । भोजन्पुर सुतान्पुर सडकका लागि ५ लाख, वरगढवा भावपुर पुर्णडिहवा रंगपुर सडक भारत सिमा सम्म कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिका कपिलवस्तुलाई ५ लाख, कपिलवस्तुको विजयनगर १ र २ लाई जोड्ने हुलाकी सडक देखि पडरोना बलुइया नेपालगंज हुँदै जवाबैराट सम्मको सडकका लागि ५ लाख बिनियोजन छ ।

शिवराज नगरपालिका २ देखि विजयनगर गाउँपालिका ४ र ३ हुँदै कृष्णनगर नगरपालिका ११ सम्म जोड्ने सडकका लागि ५ लाख, पुर्व पश्चिम लोकमार्ग झण्डा बनगाइ देखी मोतिपुर, जिनुवा, डोहोटे-अर्घाखाँची सडकका लागि ५ लाख, पुर्व पश्चिम लोक मार्ग लखनचोक देखी बनकट्टी-भेलहिया-भुसुडी-लवनी शिवलवा दोहनी श्रीनगर हुँदै भारतको सिमाना सम्मको सडकका लागि ५ लाख बिनियोजित छ ।

यस्तै, बाणगंगा बनगाईदेखि अर्घाखाँची जिल्लाको डोहोटे सम्म जाने सडक कालोपत्रका लागि ५ लाख, मर्थिया (तौलिहवा–जितपुर सडक) भडसरा हुदै पिपरा चाकरचौडा सडकका लागि ५ लाख, कृष्णसेन शहिद मार्ग सातमारा लाहापे सिलिङखोला लौरी सिद्धारा चाक्ला सिमलेपानी हुदै कपिलवस्तुको पिपरा सम्मको सडकका लागि ५ लाख बिनियोजन भएको मन्त्रालयले जनाएको छ ।

बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्र्तगत कपिलवस्तु तौलिहवा ८ दोहनी पचेहरा सडक, कृष्णनगर वडा नं. २ हुँदै सिर्सिहवा, बालानगर, लालपुर झुलानिया, चरौंठासम्म सडक (१० कि.मि.), बुद्धभुमि नगरपालिका वडा नं. १० विच गौरीचौक देखि महाराजगंज नगरपालिका वडा नं. १ महाराजगन्ज जोड्ने सडक कालोपत्रे, मायादेवी गाउँपालिका वडा नं. ३ विचौउवापुर देखि डुमरीया, रजवापुर, दुबरीपुर बलुहवा गणेशपुर गौरा हुँदै तुल्सीडिहवा सम्म सडक कपिलवस्तु (१२ कि.मि.), कृष्णनगर नगरपालिका वडा नं. ११ फिन्डा देखि विजयनगर गाउपालिका वडा नं. ४ त्रिपालनगर सम्म बाटो (१० कि.मि.)को सडक निर्माणका लागि प्रति योजना १०/१० लाख रुपैया बिनियोजन गरिएको छ ।

यस्तै, सोहि कार्यक्रम अन्र्तगत मर्थी ४ नम्बर तौलिहवा सडक देखि भद्सारा सडकका लागि ५ लाख बिनियोजित गरिएको भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रममा उल्लेख गरिएको छ ।

चालु आर्थिक बर्ष २०८०/८१ का लागि बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्र्तगतका संघबाट कार्यान्वयन हुने योजनाहरुमा पुत्के डुडुवा रातामाटा लामडाँडा हुँदै झिमरुक सडक भुमिकास्थान नगरपालिकाको योजनाको १ करोड बजेटको अख्तियारी कपिलवस्तु जिल्लाले पाएको छ ।

यस्तै, अर्घाखाँची क्षेत्र नं. १ अन्र्तगत बैरिया बिक्रमसोता दमार मन्द्रे सुपाखोला खाँचीकोट नुवाकोट अर्धाकोट बलकोट सम्मको सडक निर्माणको लागि १ करोड रुपैया बिनियोजन गरिएको छ । यस्को अख्तियारी भने कपिलवस्तुले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्